मुख्य समाचार
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले युद्ध तन्काउन खोजेको आरोप
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले युद्ध तन्काउन खोजेको आरोप

— युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले युद्ध तन्काउन खोजेको आरोप लगाएका छन् । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आयोजना गरेको ‘इच्छुकहरूको गठबन्धन’ को भर्चुअल बैठकमा बोल्दै राष्ट्रपति जेलेन्स्कीले अमेरिकाले अघि सारेको ३० दिने युद्धविराम प्रस्ताव अस्वीकार गर्नु रुस शान्तिको पक्षमा नरहेको देखिएको बताए ।



‘३० दिने युद्धविराममा रूसको मौनताले पुटिनले युद्धलाई तन्काउँदै जान खोजेको देखिएको छ,’ जेलेन्स्कीले भनेका छन् । उनले कुनै सर्त बिना शान्ति सुरु हुनुपर्ने बताएका छन् । यसका लागि तयार नभएको खण्डमा रुसमाथि कडा दबाब दिनुपर्नेमा उनको भनाइ छ । ‘शान्ति रोक्ने एक मात्र बाधा रूस हो भन्ने कुरा विश्वले बुझ्नुपर्छ,’ उनले भने ।

उनले सामाजिक सञ्जालमार्फत ‘रूसले युद्धविराम रोक्न सबै कुरा गरिरहेको’ बताएका छन् । ‘यो रूसको युद्ध हो । यसलाई रोक्न, सक्रिय दबाब आवश्यक छ, केवल वार्ता होइन ।’ शान्ति दिगो र भरपर्दो बनाउन युक्रेनको सुरक्षा प्रत्याभूति महत्वपूर्ण भएको उनको भनाइ छ । जेलेन्स्कीले युरोप र ‘जी-७’ मात्र नभई शान्तिका लागि विश्वभरका अन्य सबै देशलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

बैठकमा सहभागी युरोपेली नेताहरूले युक्रेन युद्ध वार्तामार्फत अन्त्य हुनुपर्ने र त्यसका लागि पुटिनलाई थप दबाब दिन आवश्यक भएको बताएका छन् । बैठकमा सहभागी नेताहरूले युक्रेनलाई थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।


बैठकमा प्रधानमन्त्री स्टार्मरसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों, क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी, उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) का महासचिव मार्क रुटका साथै २६ देशका नेताहरू सहभागी छन् ।

बैठकमा बेलायती प्रधानमन्त्री स्टारमरले ‘भ्लादिमिर पुटिन ढिलो वा चाँडो वार्ताको टेबलमा आउनुको विकल्प नभएको’ बताएका छन् । ‘मेरो अनुभव के हो भने चाँडो होस् या ढिलो उहाँ वार्ताको टेबलमा आउनुपर्नेछ र गम्भीर छलफलमा संलग्न हुनुपर्नेछ,’ स्टार्मरले भनेका छन्, ‘मलाई लाग्छ यसको अर्थ युक्रेनलाई बलियो बनाउनु हो ताकि उनीहरूले आफ्नो रक्षा गर्न सकून् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...