मुख्य समाचार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुस्र्कमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आह्वान
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुस्र्कमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आह्वान

— युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न खोजेको आरोप लगाएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुस्र्कमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आह्वान गरेका छन् ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी सेनाको जीवन रक्षा गर्न पुटिनलाई आग्रह गर्दै आफ्ना राजदूतले प्रस्तावित ३० दिने युद्धविरामबारे रुसका नेतासँग ‘फलदायी’ वार्ता गरेको बताएका छन् ।


गत अगस्टमा युक्रेनले कब्जा गरेको अधिकांश भूभाग पुनः कब्जा गर्दै रुसले विगत एक हप्तादेखि कुस्र्कको पश्चिमी सीमा क्षेत्रमा तीव्र प्रतिकार गरेको छ ।

कुस्र्कमा भएको हार युक्रेनको तीन वर्ष लामो युद्धका लागि शान्ति वार्तामा महत्त्वपूर्ण ‘बार्गेनिङ’को रूपमा यस क्षेत्रमा आफ्नो पकड प्रयोग गर्ने योजनामा ठूलो धक्का हुनेछ ।

रुसी टेलिभिजनमा प्रसारण भएको सम्बोधनमा पुटिनले भने, 'हामी अमेरिकी राष्ट्रपति ट्रम्पको आह्वानप्रति सहानुभूति राख्छौँ ।'

पुटिनले युक्रेनी सेनालाई आत्मसमर्पण समेत आह्वान गरे । भने, 'यदि उनीहरूले हतियार त्यागेर आत्मसमर्पण गरे भने उनीहरूलाई जीवन र सम्मानजनक व्यवहारको प्रत्याभूति हुनेछ ।'

ट्रम्पले युक्रेनका हजारौं सैनिकलाई रुसी सेनाले पूर्णरुपमा घेरेको र निकै खराब र कमजोर अवस्थामा रहेको बताएका छन् ।



जेलेन्स्कीले किएभमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा भने अवस्थाबारे समीक्षा गर्दै भनेका छन्, 'कुस्र्क क्षेत्रको अवस्था पक्कै पनि धेरै कठिन छ तर अभियानको अझै पनि महत्व छ ।' उनले पूर्वी सैन्य बदोवस्तीका सामानको केन्द्र रहेको पोक्रोभ्स्कमा नियन्त्रण कायम राख्न लडिरहेका युक्रेनी सेनामाथिको दबाब कम गर्दै रुसलाई अग्रपंक्तिमा रहेका अन्य क्षेत्रबाट सेना फिर्ता बोलाउन बाध्य पारिएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजदूत स्टिभ विटकोफ र पुटिनबीच बिहीबार भएको भेटवार्ताबारे जानकारी दिँदै अमेरिका र युक्रेनबीच ३० दिनका लागि युद्धविराम गर्ने प्रस्ताव गरेका हुन् । 'हामीले हिजो रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकै राम्रो र फलदायी छलफल गरेका थियौं र यो भयानक र रक्तपातपूर्ण युद्धको अन्त्य हुने निकै राम्रो सम्भावना छ,' ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल (ट्रुथ सोसल प्लेटफर्म) मा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...