मुख्य समाचार
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन

— वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।


त्यसैगरी, सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले यस अवधिमा ३२ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । लक्ष्यको तुलनामा दुवै भन्सारको राजस्व असुली कम भएपनि असुली दर भने उत्साहजनक रहेको छ ।


वीरगन्ज भन्सार कार्यालयले फागुन मसान्तसम्ममा १ खर्ब ४० अर्ब ३५ करोड ४२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको थियो । कार्यालयले समीक्षा अवधिमा लक्ष्यको ७७ दशमलव ८ प्रतिशत अर्थात १ खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

फागुन महिनामा मात्र १४ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन मासिक लक्ष्यको ७९ प्रतिशत हो । यो महिनामा १८ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य यो भन्सारले पाएको थियो ।

यता सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले फागुन मसान्त सम्ममा ३८ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकोमा ३२ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ८३ दशमलव ११ प्रतिशत हो ।

फागुन महिनामा मात्र यो भन्सारले ४ अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन मासिक लक्ष्यको ९२ दशमलव २२ प्रतिशत हो । यो महिनामा ३८ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य यो भन्सारले पाएको थियो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख धनबहादुर बरुवाल फागुन महिना अघिसम्म कार्यालयले गत आर्थिक वर्षका महिनाहरु भन्दा कम राजस्व संकलन गर्दै आएकोमा फागुन महिनादेखि बढी राजस्व संकलन गर्न थालेको बताउँछन् ।



‘चालु आवको फागुन महिनामा गत आवको फागुन महिनाभन्दा ६ करोड २९ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ,’ उनले भने, ‘हालकै गतिमा पनि आर्थिक वर्षका बाँकी महिनाहरुमा राजस्व संकलन हुने हो भने वार्षिक राजस्व असुली लक्ष्य भेट्टाउ सम्भव छ ।’

फागुन महिनासम्ममा यो भन्सारले वार्षिक लक्ष्यको ५३ दशमलव ५० प्रतिशत राजस्व संकलन गरेको उनले बताए । बाँकी रहेका चार महिनामा फागुन महिनाकै अनुपातमा पनि राजस्व संकलन भए लक्ष्यको नजिक पुग्न सकिने उनले बताए । बरुवालले राजस्व असुलीमा भइरहेको सुधारले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको संकेत गरेको पनि बताए ।

दुवै भन्सारको राजस्व असुली आयातमुखी रहेको छ । वीरगन्ज भन्सार कार्यालयले इन्धन, नयाँ सवारी साधन आदिको आयातबाट बढी राजस्व संकलन गर्छ भने सुक्खा बन्दरगाह भन्सार कार्यालयले फलामजन्य वस्तु, मदिरा, औद्योगिक कच्चा पदार्थ आदि वस्तुबाट बढी आयात संकलन गर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अर्थ मन्त्रालयले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटीमा सहमति दिएको छ । अर्थले लगानी मोडालिटीमा सहमति दिएसँगै थप प्रक्रिया अघि बढाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । धादिङ र गोरखामा निर्माण हुने बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) ...
— चोभार सुक्खा बन्दरगाहमा मात्रै ६ सय ५० युनिट विद्युतीय सवारी (ईभी) राखिएका छन् । रसुवा र सिन्धुपाल्चोकस्थित तातोपानी सुक्खा बन्दरगाहबाट जाँचपास गरिएका ईभी भाडा तिरेर चोभार सुक्खा बन्दरगाहमा राखिएका हुन् । बन्दरगाहमा राखिएका यी सवारीको प्रतिदिन १ सय २५ रुपैयाँ भाडा तिर्नुपर्ने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘समितिले लजिस्टिक हबको अवधारणामा बनाएको संरचनामा ...
। चालु आर्थिक वर्ष २०८२/८३ को आधा समय घर्किंदा विकास खर्च १२ प्रतिशतमात्र भएको छ । यसले पुन: एक पटक राज्यको प्राथमिकता विकास निर्माणमा नभएको पुष्टि गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस मसान्तसम्म ४९ अर्ब ४२ करोड रुपैयाँमात्र विकास खर्च भएको छ । जुन वार्षिक लक्ष्यको १२.१२ प्रतिशत हो । यस वर्ष सरकारले गत ...
। चालु आर्थिक वर्षको प्रथम ६ महिना (साउन–पुस)सम्म पौने ६ खर्ब रुपैयाँ बराबर राजस्व संकलन भएको छ । यसमा सबैभन्दा धेरै योगदान पुस महिनाको छ । अर्थ मन्त्रालयका अनुसार पुसमा मात्र १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । पुसमा मात्र १ खर्ब ९० अर्ब ७७ करोड राजस्व उठाउने लक्ष्य थियो। पुस ...
। हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका छन् । ऐतिहासिक एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण गोसाइँकुण्ड क्षेत्र र प्राकृतिक दृष्टिकोणले मनोरम एवम् सुन्दर लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको उपस्थिति बढी देखिन्छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३२ हजार ६७१ जना ...