मुख्य समाचार
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन

— वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।


त्यसैगरी, सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले यस अवधिमा ३२ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । लक्ष्यको तुलनामा दुवै भन्सारको राजस्व असुली कम भएपनि असुली दर भने उत्साहजनक रहेको छ ।


वीरगन्ज भन्सार कार्यालयले फागुन मसान्तसम्ममा १ खर्ब ४० अर्ब ३५ करोड ४२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको थियो । कार्यालयले समीक्षा अवधिमा लक्ष्यको ७७ दशमलव ८ प्रतिशत अर्थात १ खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

फागुन महिनामा मात्र १४ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन मासिक लक्ष्यको ७९ प्रतिशत हो । यो महिनामा १८ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य यो भन्सारले पाएको थियो ।

यता सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले फागुन मसान्त सम्ममा ३८ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकोमा ३२ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ८३ दशमलव ११ प्रतिशत हो ।

फागुन महिनामा मात्र यो भन्सारले ४ अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन मासिक लक्ष्यको ९२ दशमलव २२ प्रतिशत हो । यो महिनामा ३८ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य यो भन्सारले पाएको थियो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख धनबहादुर बरुवाल फागुन महिना अघिसम्म कार्यालयले गत आर्थिक वर्षका महिनाहरु भन्दा कम राजस्व संकलन गर्दै आएकोमा फागुन महिनादेखि बढी राजस्व संकलन गर्न थालेको बताउँछन् ।



‘चालु आवको फागुन महिनामा गत आवको फागुन महिनाभन्दा ६ करोड २९ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ,’ उनले भने, ‘हालकै गतिमा पनि आर्थिक वर्षका बाँकी महिनाहरुमा राजस्व संकलन हुने हो भने वार्षिक राजस्व असुली लक्ष्य भेट्टाउ सम्भव छ ।’

फागुन महिनासम्ममा यो भन्सारले वार्षिक लक्ष्यको ५३ दशमलव ५० प्रतिशत राजस्व संकलन गरेको उनले बताए । बाँकी रहेका चार महिनामा फागुन महिनाकै अनुपातमा पनि राजस्व संकलन भए लक्ष्यको नजिक पुग्न सकिने उनले बताए । बरुवालले राजस्व असुलीमा भइरहेको सुधारले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको संकेत गरेको पनि बताए ।

दुवै भन्सारको राजस्व असुली आयातमुखी रहेको छ । वीरगन्ज भन्सार कार्यालयले इन्धन, नयाँ सवारी साधन आदिको आयातबाट बढी राजस्व संकलन गर्छ भने सुक्खा बन्दरगाह भन्सार कार्यालयले फलामजन्य वस्तु, मदिरा, औद्योगिक कच्चा पदार्थ आदि वस्तुबाट बढी आयात संकलन गर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालमा अटोमोबाइल क्षेत्र अहिले पनि सरकारको आम्दानीको मुख्य क्षेत्रका रुपमा देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा सरकारले वस्तु आयातबाट कुल ५ खर्ब ६ अर्ब रुपैयाँ बराबर राजस्व आम्दानी गर्‍यो । यसमध्ये १७.५५ प्रतिशत बराबर अर्थात् ८९ अर्ब १ करोड रुपैयाँ राजस्व अटोमोबाइल क्षेत्रले तिरेको छ । यो सवारी साधन ...
: काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ। मंगलबार बिहान नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले पानसमा बत्ती बालेर एक्स्पोको शुभारम्भ गरेका हुन्। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा साउन २६ देखि ३१ गतेसम्म एक्स्पो सञ्चालन हुने जनाइएको छ। ६ दिनसम्म चल्ने एक्स्पोमा दुईपाङ्ग्रे्रे, चारपाङ्ग्रे्रे र ...
। अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्र बैंकले नियामक निकायको भूमिकासँगै मुलुकको आर्थिक रूपान्तरणमा सक्रिय साझेदारको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । ‘आजको छलफल कुनै औपचारिक टिप्पणीमा सीमित रहने ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका विशिष्ट श्रेणीका कर्मचारीसँग छलफल गरेका छन् । मन्त्रीसँगको छलफलमा उनीहरूले बैंकिङ क्षेत्रमा कर्जाको माग बढ्न लगानीमैत्री वातावरणको विकास गर्नुपर्ने सुझाएका छन् । हाल कर्जाको माग नबढ्नुमा लगानी वातावरण नै प्रमुख रहेको उनीहरूले बताए। अर्थतन्त्रको पछिल्लो अवस्था र वित्तीय क्षेत्रका समस्या समाधानका लागि केन्द्रीय बैंकका विभागहरूले के कसरी ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य रहेको बताएका छन् । बुधवार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उनले सो धारणा राखेका हुन् । निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उनले उल्लेख गरे । उनले सरकारको सोच, प्राथमिकता ...