मुख्य समाचार
इराक र सिरियामा इस्लामिक स्टेट (आईएस) का वरिष्ठ नेता अब्दुल्ला मक्की मुस्लीह अल-रिफा मारिएको घोषणा
इराक र सिरियामा इस्लामिक स्टेट (आईएस) का वरिष्ठ नेता अब्दुल्ला मक्की मुस्लीह अल-रिफा मारिएको घोषणा

। इराकका प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले इराक र सिरियामा इस्लामिक स्टेट (आईएस) का वरिष्ठ नेता अब्दुल्ला मक्की मुस्लीह अल-रिफा मारिएको घोषणा गरेका छन्।

इराकी नेशनल इन्टेलिजेन्स सर्भिस र अमेरिकी नेतृत्वको गठबन्धन सेनाले संयुक्त रूपमा सञ्चालन गरेको विशेष अपरेसनमा अबू खादीजा भनेर चिनिने अल-रिफाको मृत्यु भएको दाबी गरिएको हो।




प्रधानमन्त्री सुदानीका अनुसार अबू खादीजालाई ‘इराक र विश्वकै सबैभन्दा खतरनाक आतंककारीमध्ये एक’ मानिन्थ्यो।

अमेरिकी सेनाले के भन्यो ?

अमेरिकी सेन्ट्रल कमाण्डले सामाजिक एक्समा एक भिडियो सार्वजनिक गर्दै यो आक्रमण बिहीबार इराकको पश्चिमी अल-अनबार प्रान्तमा गरिएको जानकारी दिएको छ।

सेन्ट्रल कमाण्डका अनुसार अबू खादीजा आईएसको निर्णय गर्ने सर्वोच्च निकायका प्रमुख थिए र उनी संगठनका वैश्विक अभियान, रसद आपूर्ति र योजनाका मुख्य जिम्मेवार व्यक्ति थिए।

साथै, आईएसका लागि ठूलो आर्थिक कोषको व्यवस्थापन पनि उनीबाट नै भइरहेको अमेरिकी सेनाको भनाइ छ।

ट्रम्पको प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस कारबाहीलाई अमेरिकी सेनाको सफलताको रूपमा चित्रित गर्दै भनेका छन्, ‘हाम्रा निडर सैनिकहरूले निरन्तर उनको पिछा गरे ।’

यस कारबाहीलाई अमेरिकी नेतृत्वको आईएसविरुद्धको दीर्घकालीन रणनीतिको निरन्तरता मानिएको छ। विगतमा पनि अमेरिकी सेनाले आईएसका शीर्ष नेताहरूलाई लक्षित गर्दै विशेष अभियान सञ्चालन गर्दै आएको छ।

यस घटनाले इराक, सिरिया र समग्र मध्यपूर्वमा आतंकवादविरुद्धको लडाइँमा नयाँ प्रभाव पार्ने सम्बद्ध पक्षको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...