मुख्य समाचार
नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रन अन्तरले हराउँदै प्रधानमन्त्री कपमा लगातार चौथो जीत
नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रन अन्तरले हराउँदै प्रधानमन्त्री कपमा लगातार चौथो जीत

— उपाधि दाबेदारी देखाइरहेको नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रन अन्तरले हराउँदै प्रधानमन्त्री कपमा लगातार चौथो जीत निकालेको छ ।


लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार पुलिस क्लबले दिएको २८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश प्रदेशको टिम ९५ रन बनाउँदै २६ दशमलव १ ओभरमा अलआउट भएपछि १९३ रनको सहज जित निकालेको हो ।


मधेश प्रदेशलाई सस्तैमा समेट्न खेलमा ललित नारायण राजवंशीले सानदार बलिङ गरेर महत्त्वपूर्ण ५ विकेट लिए ।

पहिलो ओभरको पाँचौं बलमा कप्तान अनिलकुमार साहलाई करण केसीले बोल्ड गर्दै ४ रनमा पेभेलियन फर्काएपछि सुरु भएको विकेट पतन २६ दशमलव १ ओभरमा सकियो ।

मधेशका दिपेश दासले ५९ बल खेल्दै १ छक्का र २ चौकाको मद्दतमा ३१ रन बनाए । रुपेश सिंहले १६ रन र विशाल पटेलले १३ रन बनाए । हरिशंकर शाहले ३ रन, रोशन विकले ८ रन, पवन सर्राफले ३ रन, निखिल सिंहले ७ रन र कमल गुप्ताले १ रन बनाए । अरु खेलाडीले खाता नै खोल्न सकेनन् ।

ललितले ९ दशमलव १ ओभर बलिङ २ मेडनसहित २८ रन खर्चेर पाँच विकेट लिए । उनले मयन यादव, हरिशंकर शाह, रोशन विक, दिपेश दास र पवन सर्राफको विकेट लिए । यस्तै, कुशल भुर्तेलले ३ ओभर बलिङ गर्दै २ मेडनसहित १२ रन दिएर २ विकेट लिए । पुलिसका करण केसी, सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए ।

टिमलाई भारी रन अन्तरले जिताउन महत्त्वपूर्ण भूमिका खेलेका ललितनारायण राजवंशी 'प्लेयर अफ द म्याच' भए ।



यसअघि, नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेल्दै ६३ रन बनाएपछि मधेश प्रदेशको टीमलाई २८९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

पुलिस क्लबले २८८ रन बनाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २८८ रन बनायो । प्रतियोगितामा अहिलेसम्मकै उच्च रन बनाउन कप्तान दीपेन्द्रसिंह ऐरीले विस्फोटक पारी खेले । उनले ३६ बल खेल्दै ४ छक्का र ५ चौकाको मद्दतमा ६३ रन बनाउँदै विशाल पटेलको बलमा निखिल सिंहको हातबाट क्याच आउट भए ।

यसैगरी आरिफ शेखले ५४ बलमा १ छक्का र ४ चौकाको मद्दतमा ५५ रन बनाउँदै विशाल पटेलकै बलमा कप्तान अनिल साहको हातबाट क्याच आउट भए ।

दीलिप नाथ ४५ रनमा कमल गुप्ताको बलमा एलबीडब्लूको सिकार भए । ओपनर अर्जुन साउदले ४७ रनमा रञ्जित कुमारको बलमा मयन यादवले क्याच आउट गरे ।

पुलिस क्लबका शंकर रानाले २७ रन, रासिद खानले १४ रन र कुशल भुर्तेलले ११ रन बनाए ।

पहिलो विकेटका रुपमा कमल गुप्ताले आठौं ओभरको पहिलो बलमा स्पम्पिङ आउट गर्दै ब्रेकथ्रु गरेपनि तेस्रो विकेटका लागि मधेशका खेलाडीलाई संघर्ष गर्नुपर्‍यो ।

तेस्रो विकेटका लागि दीलिप नाथ र आरिफ शेखले ५० रनको साझेदारी गरे । यसैगरी दीपेन्द्र र आरिफ बीचको ३२ बलमा ५० रनको अर्को साझेदारी बनेको थियो ।

मधेश प्रदेशका लागि रुपेश सिंहले ८ दशमलव ५ ओभरमा ६२ रन दिएर ४ विकेट लिए । विशाल पटेलले ९ ओभरमा ५७ रन खर्चेर ३ विकेट लिँदा कमल गुप्ताले १० ओभर बलिङ गर्दै ५७ रन दिएर २ विकेट लिए ।

रञ्जित कुमारले ७ ओभरमा १ मेडनसहित ४० रन खर्चेर १ विकेट लिए । यो जितसँगै पुलिस क्लब चार खेलमा अपरााजित हुँदै ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

मधेश प्रदेश भने ३ खेलमा १ मा जित र दुईमा हार व्यहोर्दै २ अंकका साथ छैठौं स्थानमा झरेको छ ।

यसअघि शुक्रबार भएको खेलमा पुलिसले एपीएफलाई दुई विकेटले हराउँदा ललित नारायण राजवंशीले ७ विकेट लिएका थिए । विभागीय टिम पुलिस क्लबले शुक्रबार डर्बी एपीएफलाई २ विकेटले हराउँदा यसअघि कोशी प्रदेशलाई १५४ रन र लुम्बिनी प्रदेशलाई ८७ रनले हराउँदै पिएम कपको दाबेदारी देखाइरहेको छ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तर्गत अब आइतबार लुम्बिनी प्रदेश र बाग्मती प्रदेश टमबीच बिहान ९ बजे देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुनेछ ।

३ विभागीय टीम आर्मी क्लब, एपीएफ क्लब र पुलिस क्लबसहित सात प्रदेश टिमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलिरहेका छन् ।

दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...