मुख्य समाचार
चन्द्रमामा नोकियाको फोरजी सेलुलर नेटवर्क सञ्चालनमा, फोन कल भने हुन सकेन
चन्द्रमामा नोकियाको फोरजी सेलुलर नेटवर्क सञ्चालनमा, फोन कल भने हुन सकेन

— चर्चित प्रविधि कम्पनी नोकियाले चन्द्रमामा फोरजी एलटीई मोबाइल नेटवर्क सञ्चालनमा ल्याएको छ । तर यसबाट फोन कल भने हुन नसकेकोमा कम्पनीले खिन्नता प्रकट गरेको छ । नोकियाले चन्द्रमामा आफ्नो नेटवर्क सञ्चालनका केही महत्वपूर्ण पक्षहरूमा सफलता हासिल गरेको विज्ञप्तिमा जनाएको छ । यसमा चन्द्रमाबाट पृथ्वीमा रहेको ग्राउन्ड स्टेसन र मिसन कन्ट्रोल सेन्टरमा सफलतापूर्वक डेटा तथा विवरण पठाउन सकेको कम्पनीको दाबी छ ।


पर्याप्त सौर्य ऊर्जा नपुगेकाले भ्वाइस कल सेवामा भने सफलता हासिल गर्न नपाएको भन्दै कम्पनीले खिन्नता प्रकट गरेको छ । नोकियाले इन्ट्युइसिभ मसिन्ससँगको साझेदारीमा चन्द्रमामा पहिलोपटक मोबाइल नेटवर्क सञ्चालनमा ल्याएको हो । तर, उल्लेख्य मात्रामा ऊर्जा नपुगेकाले कम्पनीले सेलुलर कल गर्न नसिकिएको विज्ञप्तिमा जनाएको छ ।


विश्वभरका दूरसञ्चार सेवा प्रदायकको संस्था ‘जीएसएमए’ मातहतको मोबाइल वर्ल्ड लाइभका अनुसार नोकियाको यो उपलब्धि अपेक्षित नै थियो किनभने कम्पनीले सन् २०२५ को सुरुवातमै आफ्नो मोबाइल नेटवर्क अन्तरिक्ष मिसनका लागि तयार भएको घोषणा गरिसकेको थियो । नोकियाको ‘लुनार सर्फेस कम्युनिकेसन सिस्टम’लाई इन्ट्युइसिभ मसिन्सको ‘आईएम-२’ नामक ल्यान्डर एथेनामा यसअघि नै एकीकृत गरिएको थियो ।

यस उपलब्धिले भविष्यमा चन्द्रमामा हुने अन्तरिक्ष मिसनहरूलाई आवश्यक पर्ने सेलुलर सञ्चार प्रविधि सेवाका लागि बाटो खोलेको नोकियाको विश्लेषण छ । कम्पनीले यस परीक्षणमा सेलुलर कल सञ्चालन गर्न नसक्नुको मुख्य कारण एथेना ल्यान्डर चन्द्र सतहमा अवतरण गर्दा यसका सौर्य प्यानल अर्कै दिशातर्फ फर्किएपछि पर्याप्त सौर्य ऊर्जा नपुग्नुलाई जनाएको छ ।

लुनार सर्फेस कम्युनिकेसन सिस्टमले भने २५ मिनेटजति ऊर्जा प्राप्त गरेको हुँदा यस प्रणालीले डेटा आदान-प्रदानजस्ता विभिन्न परीक्षणहरू सफलतापूर्वक सम्पन्न गरेको नोकियाले जनाएको छ । नोकिया बेल ल्याब्सका अध्यक्ष थिएरी क्लिनले अन्तरिक्ष अन्वेषणमा साना र ठूला दुवै सफलताहरू हुने बताएका छन् । ‘हामीले पहिलो सेलुलर नेटवर्क चन्द्रमामा सञ्चालन गरेका छौं,’ उनले भनेका छन्, ‘कठिन परिस्थितिबीच प्राप्त उपलब्धिप्रति हामी अत्यन्तै गौरवान्वित छौं ।’

नासाको ‘टिपिङ पोइन्ट’ कार्यक्रमअन्तर्गत सञ्चालित यस परियोजनाले चन्द्रमाको सतहमा पहिलो सेलुलर नेटवर्क स्थापना गरेको हो । नोकिया बेल ल्याब्सको अत्याधुनिक फोर–जी/एलटीई प्रविधि प्रयोग गरिने यस प्रणालीलाई चन्द्रमाको कठोर वातावरण, अत्यधिक तापक्रम र विकिरण सहन सक्ने गरी डिजाइन गरिएको नोकियाले जनाएको छ ।

चन्द्रमामा मोबाइल नेटवर्क विस्तारका लागि झन्डै १ करोड ४१ लाख अमेरिकी डलर खर्च भएको र सम्पूर्ण खर्च नासाले व्यहोर्ने जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवसहितको सतहमा महत्त्वाकांक्षी मिसनहरू सञ्चालन गर्न र चन्द्रमामा बसोबासकै प्रबन्ध गर्ने तयारीमा रहेको नासालाई भरपर्दो सञ्चार सेवाका लागि नोकियाले प्रविधिमा सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
। मेटा (फेसबुकको माउ कम्पनी) ले विश्वभर किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालबाट रोक लगाउने कानुनको विरोध गर्न र आफ्नो ‘टीन अकाउन्ट’ लाई सुरक्षित देखाउन इन्फ्लुएन्सरहरूलाई पैसा तिरेर प्रचार गरेको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । डिजिटल अधिकार समूह ‘टेक ट्रान्सपरेन्सी प्रोजेक्ट’ (टीटीए) को रिपोर्ट अनुसार, जब–जब कुनै देशमा १६–१८ वर्षमुनिका किशोरहरूलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनको ...
: सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाविरुद्ध बालबालिकाको गोपनीयता उल्लंघन र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको अभियोगमा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा औपचारिक सुनुवाइ सुरु भएको छ। क्यालिफोर्नियाको अकल्यान्डस्थित फेडरल कोर्टमा न्यायाधीश इभोन गोन्जालेज रोजर्सको इजलासमा यो ऐतिहासिक मुद्दाको प्रक्रिया अघि बढेको हो। अमेरिकाका विभिन्न २९ राज्यहरूले दर्ता गरेको यो संयुक्त याचिकाको नेतृत्व क्यालिफोर्निया, कोलोराडो, ...
युट्युबले आफ्नो भ्युज गन्ने तरिका परिवर्तन गरेको छ । पहिले भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र एक भ्यू गनिन्थ्यो । अब भने भिडियो प्ले हुनेबित्तिकै वा लाइभ स्ट्रिममा कसैले जोडिने बित्तिकै तुरुन्तै भ्यू गणना हुन्छ । विभिन्न प्रकारका सामग्री (लामो भिडियो, सर्ट्स, लाइभ) मा फरक फरक तरिकाले भ्यू गनिँदा धेरै अन्योल हुने गुनासो क्रियटरहरूले गरेका थिए । ...