मुख्य समाचार
पाकिस्तानमा बन्धक बनाइएका ३४६ रेल यात्रु मुक्त
पाकिस्तानमा बन्धक बनाइएका ३४६ रेल यात्रु मुक्त

— पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र विद्रोहीले रेलमा आक्रमण गरेर बन्धक बनाएकामध्ये कम्तीमा ३ सय ४६ यात्रुलाई सुरक्षाकर्मीले मुक्त गराएका छन् । पाकिस्तानी सेनाले बन्धक मुक्त गराउने क्रममा ३३ विद्रोहीे मारिएका र उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न भएको जनाएको छ ।


पाकिस्तानी सेनाका अनुसार आक्रमणकारीविरुद्ध सुरक्षा कारबाही सुरु हुनुअगाडि नै रेलमा सवार २७ सर्वसाधारण र चार सैनिकको मृत्यु भएको थियो । तर पाकिस्तानी सञ्चारमाध्यमले कम्तीमा ३० सुरक्षाकर्मी मारिएको उल्लेख गरेका छन् ।


उद्धारका क्रममा घाइते भएका ३७ यात्रुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । पाकिस्तानी रेल अधिकारीका अनुसार रेलमा ४ सय ४० यात्रु थिए । पाकिस्तानी सेनाले उक्त घटनाका योजनाकारहरू अफगानिस्तानमा रहेको आरोप लगाएको छ । विद्रोही समूह बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) ले मंगलबार क्वेटाबाट पेसावर जाँदै गरेको जाफर एक्सप्रेस रेलमा आक्रमण गरेर कैयौं यात्रुलाई बन्धक बनाएका थिए । क्वेटास्थित रेल अधिकारीका अनुसार मंगलबार ११ बालबालिका र २६ महिलासहित ८० यात्रु भने रेलबाट ओर्लिएर घर फर्किएका थिए । सैनिक अधिकारीका अनुसार रेलमा क्वेटाबाट चढेका सयभन्दा बढी सैनिक थिए ।

बीएलएले विज्ञप्तिमार्फत रेलमा आक्रमण गर्नुअघि दुर्गम सीबी जिल्लास्थित रेल पटरीमा बम विस्फोट गराएको जनाएको छ । बीएलएले आफूले नियन्त्रणमा लिएकालाई उद्धार गर्ने प्रयास गरेको खण्डमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको थियो । आक्रमणकारीले बलोच राजनीतिक बन्दीहरूलाई ४८ घण्टाभित्र मुक्त गर्नुपर्ने माग राखेका थिए ।

बलुचिस्तानको स्वतन्त्रताका लागि दशकौंदेखि विद्रोह गर्दै आएको बीएलएले प्रहरी स्टेसन, रेलमार्ग र राजमार्गलाई लक्षित गर्दै आएको छ । गत अगस्टमा उनीहरूले बलोचिस्तान प्रान्तस्थित एउटा राजमार्गमा बस र ट्रकबाट मानिसलाई बाहिर निकालेर परिचयपत्र जाँच्दै गोली हानेका थिए । उक्त घटनामा कम्तीमा ३९ जनाको ज्यान गएको थियो । तर पछिल्लो समय भने बीएलएले बलोचिस्तानमा सञ्चालित परियोजनामा कार्यरत चिनियाँ नागरिकलाई निसाना बनाउन थालेको छ । सन् २०११ देखि भने यो समूहले पाकिस्तानी सुरक्षा निकाय, विदेशी कामदार, सरकारी कर्मचारी र पत्रकारमाथि आक्रमण गर्दै आएको छ । बीएलएलाई पाकिस्तानका साथै बेलायत र अमेरिकासहित धेरै पश्चिमी देशले आतंकवादी संगठन घोषणा गरेका छन् ।


सन् १९६४ मा सिरियाको दमास्कसमा स्थापना भएको बलोचिस्तान लिबरेन फ्रन्ट (बीएलएफ) सुरुमा इरानी बलोच विद्रोहमा संलग्न भएको थियो । इरानी बलोचहरूले त्यहाँको सरकारविरुद्ध विद्रोह गरेका थिए । पाँच वर्षको द्वन्द्वपछि इरानको शाहविरुद्धको विद्रोह वार्तामार्फत अन्त्य भएको थियो । त्यसलगत्तै अन्य बलोच संगठनहरूसँगै बीएलएफले पनि पाकिस्तान सरकारविरुद्ध गतिविधि गर्न थालेको हो । सन् १९७० को दशकदेखि यी संगठनहरूले अफगानिस्तानमा शरण लिएर गतिविधि गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...