मुख्य समाचार
इजरायली सेनाको आक्रमणमा ७ प्यालेस्टाइनीको मृत्यु
इजरायली सेनाको आक्रमणमा ७ प्यालेस्टाइनीको मृत्यु

। इजरायली सेनाको पछिल्लो आक्रमणमा परी थप ७ जना प्याल्स्टाइनीहरूको मृत्यु भएको छ ।

शुक्रबार राति विभिन्न ठाउँमा आक्रमण गर्दा ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।


अलजजिराका अनुसार गाजा सिटीको जेतुन क्षेत्रमा इजरायली सेनाले आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ । समुद्री किनारमा थप एक जना माछा मार्ने व्यक्तिको पनि हत्या गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

इजरायली सेनाले दक्षिणी राफाह क्षेत्रमा ट्यांक र गनबोटबाट गोली प्रहार गरेको थियो ।


यस्तै, इजरायली सेनाले वेस्ट बेंकका विभिन्न ठाउँमा छापा मारेर १८ र २१ वर्षका दुई प्यालेस्टिनीहरूको हत्या गरेको छ ।

नाब्लसको दक्षिणमा रहेको बीटा सहरमा १८ वर्षीय एक युवक र पूर्वमा रहेको सालिम सहरमा २१ वर्षीय युवकको हत्या भएको हो ।

स्थानीय सञ्चार माध्यमका अनुसार इजरायली सेनाले टुलकरेमको नूर शम्स शरणार्थी शिविरमा पनि गोली प्रहार गरेको छ । हेब्रोनको विभिन्न स्थानहरूमा आक्रमण गरेको छ । यी घटनाहरूले त्यहाँको स्थिति थप तनावपूर्ण बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...