मुख्य समाचार
सरकारले वैदेशिक यात्रामा जान लागेका एनओसीका पदाधिकारीलाई विमानस्थलमै रोक्ने काम गरेको भन्दै आपत्ति
सरकारले वैदेशिक यात्रामा जान लागेका एनओसीका पदाधिकारीलाई विमानस्थलमै रोक्ने काम गरेको भन्दै आपत्ति

। नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सरकारले एनओसीका पदाधिकारीहरुलाई विदेश जान रोक्ने काम गरेको भन्दै खेलकुदमा हस्तक्षेप गरेको बताएका छन् ।

एनओसीले शुक्रबार पत्रकार सम्मेलन नै गरेर सरकारले वैदेशिक यात्रामा जान लागेका एनओसीका पदाधिकारीलाई विमानस्थलमै रोक्ने काम गरेको भन्दै आपत्ति जनाएको हो ।




एनओसी अध्यक्ष श्रेष्ठले सरकारको उक्त कार्य निन्दनिय भएको भन्दै सरकारले नागरिकको संवैधानिक र मानव अधिकारलाई कुन्ठित गरेको आरोप लगाएका छन् ।

अध्यक्ष श्रेष्ठले गत फागुन ११ गते राष्ट्रिय खेलकुद परिषदले ओलम्पिक कमिटीमा निर्वाचित भएका पदाधिकारीहरुलाई वैदेशिक भ्रमणमा रोक लगाउने भनी पत्राचार गरेको भन्दै आपत्ति प्रकट गरेका छन् ।




आफू पूर्वमन्त्री समेत रहेको र आइओसीको रोहबरमा कुवेतमा भएको बैठकमा जाँदा कुवेतको अध्यागमन विभागलाई डिपोर्ट गर्न सूचना गरेको बताए । आफूलाई डिपोर्ट गर्न प्रयास गरिएपनि कुवेत सरकारसँग छलफल पछि मात्रै प्रवेश गर्न दिइएको श्रेष्ठले दावी गरे । उनले सरकारले क-कसलाई विदेश जान रोक्न पत्राचार गरेको भन्ने खुलाएनन् ।

उनले विशेष र गम्भीर अवस्थामा मात्र अधिकार प्राप्त अधिकारीले विदेश भ्रमणमा रोक लगाउने सक्ने अन्यथा रोक लगाउन नमिल्ने समेत दाबी गरे ।

त्यस्तै अध्यक्ष श्रेष्ठले कानुनले तोकिएको कसुरबिना कुनैपनि व्यक्तिलाई हिँडडुल गर्न रोक्ने कार्य निरङ्कुश र तानाशाही चरित्र र व्यवहार भएको भन्दै खेलकुद क्षेत्रमा सरकारले प्रत्यक्ष हस्तक्षेप भएको आरोप लगाए । यस्तो हस्तक्षेप गर्ने कार्य कानुन र ओलम्पिक वडापत्र विपरित कार्य भएको भन्दै एनओसीले यसको घोर निन्दा र भर्सना गरेको श्रेष्ठले बताए ।

श्रेष्ठले सरकारको यस किसिमको गतिविधिले नेपालले सहभागिता जानउने युथ एसियन गेम्स, साग गेम्स र एसियाली खेलकुद प्रतियोगितामा नेपाली खेलाडीले सहभागिता जनाउनै नपाउने अवस्था आउन सक्ने भन्दै सरकारलाई नै चुनौती दिए ।

गत पुषमा एनओसीको अनलाइनमार्फत भएको निर्वाचनबाट जीवनराम तेस्रो पटक एनओसीको अध्यक्षमा निर्वाचित भएपनि सरकारले मान्यता दिएको छैन । यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले एनओसीको निर्वाचन गतिविधिलाई नजिकबाट नियालिरहेको बताएपनि आधिकारिक रुपमा निर्वाचनलाई स्वागत गरेको छैन ।

नेपाल सरकारले उक्त निर्वाचन अदालतको आदेश विपरित र अवैधानिक भएको भन्दै मान्यता दिएको छैन । त्यसैको कारवाहीस्वरुप सरकारले अध्यागमनमा पत्र लेख्दै ओलम्पिकका पदाधिकारीलाई विदेश जान रोक लगाएको हो । सरकारले ओलम्पिक भवन सहितका सरकारी स्रोत, साधन प्रयोग गर्न नदिनेदेखि बैंक खाता रोक्का गर्नेसम्मको निर्णय गरेको छ ।

यस्तै एनओसीको सदस्यता नपाएको भन्दै पाँच खेलकुद संघले एनओसीविरूद्ध अदालत गएको थियो । कुवेतमा आइओसीको रोहबरमा पाँच संघका अध्यक्षसँग भएको छलफलबाट १५ दिनभित्र एनओसीको फुल मेम्बरसिप दिने निर्णय भएको र विना शर्त पाँच संघले सबै मुद्धा फिर्ता लिने सहमति भएको पनि अध्यक्ष श्रेष्ठले बताए ।

श्रेष्ठले यस विषयमा युवा तथा खेलकुद मन्त्रीलाई जानकारी गराउने र अदालतको मुद्दा फिर्ता भएपछि समस्या समाधान हुने दाबी गरे । यद्पयी एनओसीको निर्वाचनका क्रममा अन्य धेरै समस्याहरु उत्पन्न भएका थिए । तर एनओसी अध्यक्ष देवीले पाँच संघले हालेको मुद्दालाई केन्द्रमा राख्दै अरु सबै त्यसैको बाई प्रडक्ट भएको बताए ।

एनओसीको निर्वाचनमा सहभागि भएको र निर्वाचन पनि नगरेका संघलाई राष्ट्रिय खेलकुद परिषदले स्पष्टीकरण सोधेको छ भने जीवनरामको नेतृत्वको एनओसी टिमबाट ५ जनाले राजीनामा नै दिएको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...
: अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको तीन खेलको टी–२० शृङ्खलाको अन्तिम खेल शनिबार केर्न्सको केजली स्टेडियममा खेलिएको थियो। खेलमा आयोजक अष्ट्रेलियाले २ विकेटले रोमाञ्चक जित हासिल गर्‍यो। दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई जित्नका लागि १७३ रनको लक्ष्य दिएको थियो। अस्ट्रेलियाले एक बल बाँकी रहँदा हासिल गर्‍यो। यो जितसँगै अष्ट्रेलियालीले टी–२० शृङ्खला २–१ ले जितेको छ। टी–२० अन्तर्राष्ट्रिय ...
: एसिया कप २०२५ का लागि पाकिस्तानी क्रिकेट टोलीको घोषणा गरिएको छ। आइतबार गरिएको टोलीको घोषणा अनुसार प्रतियोगितामा सलमान अली आघाले पाकिस्तानी टोलीको कप्तानी गर्नेछन्। स्टार खेलाडी बाबर आजम र मोहम्मद रिजवानले १७ सदस्यीय पाकिस्तानी टोलीमा स्थान पाएका छैनन्। बाबर र रिजवानले पछिल्ला केही टी–२० शृङ्खलामा मौका पाएनन्। उनीहरूलाई एसिया कपमा पनि टिममा राखिएको छैन। ...
: भुटानमा हुने साफ यू–१७ महिला च्याम्पियनसिप खेल्न जाने यू–१७ राष्ट्रिय महिला टिमको बिदाइ गरिएको छ। आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका पदाधिकारीहरूले यू–१७ राष्ट्रिय महिला टिमलाई बिदाइ गरेका हुन्। बिदाइ कार्यक्रममा यू–१७ राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले गत वर्ष नेपालमै भएको साफ यू–१६ महिला च्याम्पियनसिपको टिम भन्दा अहिलेको यू–१७ टिम राम्रो बनेको बताए। ...