मुख्य समाचार
नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक
नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

: नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो।


तेस्रो संस्करणको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीले काठमाडौं रेजर्स एफसीसँग खेल्ने छ। लिगमा ७ टोलीले सहभागिता जनाउनेछन्।

चैत १६ गतेबाट सुरु हुने तेस्रो संस्करणको एनएसएलको फाइनल खेल वैशाख १३ गते हुनेछ। एनएसएलको सम्पूर्ण खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।



सार्वजनिक गरिएको खेल तालिका अनुसार तीन डबल हेडर (दिनमा दुईवटा खेल) हुनेछन् भने अन्य दिन एक-एक वटा खेल रहेका छन्। दुईवटा खेल भएको दिन पहिलो खेल २:३० मा हुनेछ भने दोस्रो खेल साँझ ६ बजे हुनेछ।

सिङ्गल राउन्ड रोबिनका आधारमा हुने खेलमा जम्मा २१ वटा खेल हुनेछन्। शीर्ष चार टोलीले प्लेअफ प्रवेश गर्नेछन्। प्लेअफमा दुईवटा क्वालिफायरका खेल हुनेछन् । पहिलो क्वालिफायरको खेल वैशाख ६ गते हुनेछ।

त्यस्तै, दोस्रो क्वालिफायर वैशाख ७ गते रहेको छ। दुबई क्वालिफायरपछि वैशाख १० गते एलिमिनेटरको खेल हुनेछ। एलिमिनेटरपछि वैशाख १३ गते फाइनल खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...