मुख्य समाचार
नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक
नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

: नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो।


तेस्रो संस्करणको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीले काठमाडौं रेजर्स एफसीसँग खेल्ने छ। लिगमा ७ टोलीले सहभागिता जनाउनेछन्।

चैत १६ गतेबाट सुरु हुने तेस्रो संस्करणको एनएसएलको फाइनल खेल वैशाख १३ गते हुनेछ। एनएसएलको सम्पूर्ण खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।



सार्वजनिक गरिएको खेल तालिका अनुसार तीन डबल हेडर (दिनमा दुईवटा खेल) हुनेछन् भने अन्य दिन एक-एक वटा खेल रहेका छन्। दुईवटा खेल भएको दिन पहिलो खेल २:३० मा हुनेछ भने दोस्रो खेल साँझ ६ बजे हुनेछ।

सिङ्गल राउन्ड रोबिनका आधारमा हुने खेलमा जम्मा २१ वटा खेल हुनेछन्। शीर्ष चार टोलीले प्लेअफ प्रवेश गर्नेछन्। प्लेअफमा दुईवटा क्वालिफायरका खेल हुनेछन् । पहिलो क्वालिफायरको खेल वैशाख ६ गते हुनेछ।

त्यस्तै, दोस्रो क्वालिफायर वैशाख ७ गते रहेको छ। दुबई क्वालिफायरपछि वैशाख १० गते एलिमिनेटरको खेल हुनेछ। एलिमिनेटरपछि वैशाख १३ गते फाइनल खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...