मुख्य समाचार
साउदी अरेबिया सरकारको लगानी रहेको कम्पनी ‘स्कोप्ली’ ले चर्चित मोबाइल गेम ‘पोकेमोन गो’ खरिद गर्ने
साउदी अरेबिया सरकारको लगानी रहेको कम्पनी ‘स्कोप्ली’ ले चर्चित मोबाइल गेम ‘पोकेमोन गो’ खरिद गर्ने

— साउदी अरेबिया सरकारको लगानी रहेको कम्पनी ‘स्कोप्ली’ ले चर्चित मोबाइल गेम ‘पोकेमोन गो’ खरिद गर्ने तय भएको छ । पोकेमन निर्माता 'नियान्टिक'ले ३.५ अर्ब अमेरिकी डलरमा आफ्नो यस गेम तथा गेमिङ डिभिजन स्कोप्लीलाई बिक्री गर्न लागेको जनाएको छ । सन् २०१६ को डिसेम्बरमा पोकेमन गो नेपालसहित दक्षिण एसियाली देशहरूमा पनि उपलब्ध भएको थियो ।


पोकेमन गोसँगै नियान्टिकका गेम डेभेलपरहरू र मन्स्टर हन्टर नाउ र पिकमिन ब्लुमजस्ता मोबाइल गेम पनि साउदी कम्पनीकै स्वामित्वमा आउने गरी सम्झौता भएको छ । अग्मेन्टेड रियालिटि (एआर) प्रविधिमा आधारित गेम बनाउने कम्पनीका रूपमा ख्याती कमाएको नियान्टिकले आफ्ना चर्चित गेम साउदी अरेबिया सरकार मातहतको कम्पनीलाई बिक्री गर्नुलाई गेमिङ उद्योगमाझ चासोसाथ हेरिएको छ ।


यो खरिद साउदी अरेबियाको तेलमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्ने रणनीतिअन्तर्गत गरिएको कतिपयको विश्लेषण छ । द गार्जियनका अनुसार साउदीले आफूलाई गेमिङका लागि 'ग्लोबल हब' बनाउने लक्ष्य लिएको छ । यसका लागि साउदी कम्पनीले नियान्टिकको विज्ञता सदुपयोग गर्दै ‘फरेभर गेम्स’ विकास गर्न लागेको जनाएको छ । फरेभर गेम भनेका लामो समयसम्म खेल्न मिल्ने वा कहिल्यै नसकिने र सँधै अपग्रेड हुँदै जाने गेमहरू हुन् ।

पोकेमन गोका हाल विश्वभर १० करोडभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता छन् । सन् २०१६ मा यो गेम रिलिज हुँदा पहिलो वर्ष नै ५० करोडभन्दा धेरैले डाउनलोड गरेका थिए । सन् २०२० मा कोभिड लकडाउनपछि भने यसको क्रेज घट्यो । लकडाउनमा बाहिर निस्किन नमिल्ने भएपछि यो गेम खेल्न समस्या भएको थियो । यसमा खेलाडी (पोकेमन ट्रेनर)हरूले जीपीएस लोकेसन र डेटा अन गरेर नक्सामा देखाइएका पोकेस्टपहरूमा गएर पोकेमन खोज्ने, समात्ने र तिनलाई बलियो बनाएर ब्याटल गर्ने गर्छन् ।

पोकेमन गो एआर प्रविधिमा निर्माण गरिएको हुँदा यसमा भर्चुअल र वास्तविक दुवै दुनियाँको संयोजन हुन्छ । खेलका क्रममा फोनको क्यामेरा कुनै ठाउँमा प्वाइन्ट गर्दै जाँदा पोकेमन देखिन सक्छन्, त्यसरी पोकेमन खोज्दै जानुपर्छ । ती पोकेमनलाई समात्दा खेलमा नम्बर प्राप्त हुन्छ । कुनै बेला पोकेमन खेल्ने क्रममा कतिपय खेलाडी हराएका, दुर्घटनामा परेका, पोलमा ठोक्किएर घाइते भएका समाचार समेत बाक्लै आउने गर्थे ।


पोकेमन गोको बिक्रीले गेमिङ उद्योगमा एआर र लाइभ-सर्भिस गेमहरूको महत्व बढ्दै गएको देखाउँछ । साथै, सरकारी लगानीहरूले गेमिङको भविष्यमा निर्णायक भूमिका खेल्नसक्ने संकेत पनि गरेको अर्कोथरी विश्लेषण छ । यसले पोकेमोन गोको भविष्यलाई सुरक्षित गर्नुका साथै साउदी अरेबियालाई विश्व गेमिङ बजारमा महत्त्वपूर्ण खेलाडीको रूपमा उभ्याउने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...