मुख्य समाचार
गुगल प्लेस्टोरमा छिरे उत्तर कोरियाका सरकारी ह्याकर
गुगल प्लेस्टोरमा छिरे उत्तर कोरियाका सरकारी ह्याकर

उत्तर कोरिया सरकारसँग सम्बन्धित ह्याकरहरूको एक समूह एन्ड्रोइडको एपस्टोरमा छिर्न सफल भएको छ ।

उत्तर कोरियाली ह्याकरहरूले गुगल प्लेस्टोरमा एन्ड्रोइड स्पाइवेयर अपलोड गरेका छन् ।

साइबर सेक्योरिटी कम्पनी लुकआउटका अनुसार ह्याकरले अपलोड गरेका ती सफ्टवेयरलाई कतिपय प्रायेगकर्ताले डाउनलोड समेत गरेका छन् ।

बुधबार प्रकाशित रिपोर्ट अनुसार प्यकउथ नामाकरण गरिएका ती भाइरसयुक्त एपहरू (स्पाइवेयर) उत्तर कोरियाली सरकारसँग सम्बन्धित रहेको विश्वस्त प्रमाण प्राप्त भएको बताइएको छ ।


तीमध्ये कम्तीमा एउटा स्पाइवेयर एप गुगल प्लेस्टोरबाट १० पटकभन्दा धेरै डाउनलोड भएको पाइएको छ ।

पछिल्ला केही वर्षयता उत्तर कोरियाली ह्याकरहरूले विश्वभर साइबर आक्रमण तथा क्रिप्टोकरेन्सी चोरी लगायतका कारण चर्चा कमाइरहेका छन् ।

पछिल्लोपटक उत्तर कोरियाली ह्याकरहरूले क्रिप्टो विनिमय प्लाटर्फम बाइबिटबाट १ अर्ब ४० करोडको इथेरियम क्रिप्टोकरेन्सी चोरी गरेका थिए ।

क्रिप्टोचोरीको प्रमुख उद्देश्य उत्तर कोरियाको प्रतिबन्धित आणविक कार्यक्रमलाई अझै अघि बढाउनु रहेको छ ।

यद्यपि गुगल प्लेस्टोरमा स्पाइवेयर एप छिराउने उत्तर कोरियाली ह्याकरको नयाँ कदमको उद्देश्य भने खुलेको छैन ।

लुकआउटका सेक्योरिटी इन्टेलिजेन्स रिसर्चका निर्देशक क्रिस्टोफ हेबेइजेनका अनुसार यी स्पाइवेयरहरू कम मात्रामा डाउनलोड भएको देखिएबाट ती निश्चित मानिसप्रति लक्षित रहेको आँकलन गरिएको छ ।

रिपोर्ट अनुसार प्लेस्टोरमा छिराइएका ती स्पाइवेयरले प्रयोगकर्ताका विभिन्न संवेदनशील जानकारीहरू व्यापक मात्रामा संकलन गरेका छन्, जसमा एसएमएस, कल विवरण, डिभाइसको लोकेसन डेटा, फाइल तथा फोल्डरहरू, प्रयोगकर्ताले थिचेका की, वाइफाइ नेटवर्कको डिटेल्स तथा फोनमा इन्स्टल गरिएका एपका सूचीहरू रहेका छन् ।

साथै कोस्पाइले अडियो रेकर्ड गर्नसक्ने, फोनको क्यामेराबाट फोटो लिनसक्ने र फोनको स्क्रिनको स्क्रिनसट समेत लिनसक्ने बताइएको छ ।

गुगलका प्रवक्ता इद फर्नान्डेजले गुगल प्लेस्टोरमा त्यस्ता स्पाइवेयर फेला परेको तथ्यलाई स्वीकार गर्दै ती सबैलाई हटाइसकिएको दाबी गरेका छन् ।

साथै उनले गुगल प्लेले त्यस्ता खालका मालवेयरबाट स्वचालित रुपमा एन्ड्रोइड डिभाइसलाई बँचाउने बताएका छन् ।

-टेकक्रन्चबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...