मुख्य समाचार
पुरुष राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले तेस्रो जित
पुरुष राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले तेस्रो जित

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले तेस्रो जित दर्ता गरेको छ । लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा भएको विभागीय डर्बीको यस खेलमा पुलिसले एपीएफमाथि २ विकेटको जित हात पारेको हो ।


प्रतियोगितामा एपीएफको भने यो पहिलो हार हो । टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको एपीएफ २७.४ ओभरमा ९४ रन बनाउँदै अलआउट भएको हो । एपीएफले दिएको ९५ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए । अर्का ओपनर अर्जुन साउदले ११ रन बनाए । रासिद खानले १० रन बनाए । गुल्सन झा १२ रन र करण केसी १ रनमा अविजित रहे । एपिएफका लािग भुवन कार्कीले सर्वाधिक ३ विकेट लिए । अभिषेक गौतम र रोहित पौडेलले २–२ विकेट लिँदा कमल सिंह ऐरीले १ विकेट लिए ।



त्यसअघि,ब्याटिङ गरेको एपीएफका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । उनले २९ बलमा ४ चौका प्रहार गरेका हुन् । ओपनर लोकेश बमले २२ रन बनाउँदा अर्का ओपनर आशिफ शेखले १० रन बनाए । अमर सिंह रौतेलाले १० रन बनाउँदा किशोर महतो ४ रनमा अविजित रहे ।

अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफको ब्याटिङ धरापमा पार्न पुलिसका बायाँ हाते स्पिनर ललित राजवंशीले उत्कृष्ट बलिङ गरेका थिए । उनले ७.४ ओभरमा ३ मेडनसहित १८ रन खर्चेर ६ विकेट लिएका थिए । सागर ढकाल,करण केसी, गुल्सन झा र कुशल भुर्तेलले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...