मुख्य समाचार
पुरुष राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले तेस्रो जित
पुरुष राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले तेस्रो जित

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले तेस्रो जित दर्ता गरेको छ । लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा भएको विभागीय डर्बीको यस खेलमा पुलिसले एपीएफमाथि २ विकेटको जित हात पारेको हो ।


प्रतियोगितामा एपीएफको भने यो पहिलो हार हो । टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको एपीएफ २७.४ ओभरमा ९४ रन बनाउँदै अलआउट भएको हो । एपीएफले दिएको ९५ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए । अर्का ओपनर अर्जुन साउदले ११ रन बनाए । रासिद खानले १० रन बनाए । गुल्सन झा १२ रन र करण केसी १ रनमा अविजित रहे । एपिएफका लािग भुवन कार्कीले सर्वाधिक ३ विकेट लिए । अभिषेक गौतम र रोहित पौडेलले २–२ विकेट लिँदा कमल सिंह ऐरीले १ विकेट लिए ।



त्यसअघि,ब्याटिङ गरेको एपीएफका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । उनले २९ बलमा ४ चौका प्रहार गरेका हुन् । ओपनर लोकेश बमले २२ रन बनाउँदा अर्का ओपनर आशिफ शेखले १० रन बनाए । अमर सिंह रौतेलाले १० रन बनाउँदा किशोर महतो ४ रनमा अविजित रहे ।

अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफको ब्याटिङ धरापमा पार्न पुलिसका बायाँ हाते स्पिनर ललित राजवंशीले उत्कृष्ट बलिङ गरेका थिए । उनले ७.४ ओभरमा ३ मेडनसहित १८ रन खर्चेर ६ विकेट लिएका थिए । सागर ढकाल,करण केसी, गुल्सन झा र कुशल भुर्तेलले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...