मुख्य समाचार
वुमन्स डे कप २०२५ को लिग चरणको अन्तिम खेलमा हङकङलाई ६ विकेटले हराए
वुमन्स डे कप २०२५ को लिग चरणको अन्तिम खेलमा हङकङलाई ६ विकेटले हराए

: वुमन्स डे कप २०२५ को लिग चरणको अन्तिम खेलमा हङकङलाई ६ विकेटले हराएको छ। प्रतियोगितामा ६ खेल खेल्दै नेपालले दोस्रो जित हात पारेको हो। टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो।



हङकङले दिएको १०५ को लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन्। कप्तान इन्दु बर्माले १८ रन बनाइन्।


उनले पहिलो विकेटका लागि सम्झना खड्कासँग ५३ रनको अर्धशतकीय पारी खेलिन्। पूजा महतोले अविजित २० रनको पारी खेलिन्। उनीसँगै अलिसा कुमारी यादव ५ रनमा अविजित रहिन्। हङकङका लागि माहिके दिप र लाईले समान १–१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको हङकङका लागि ओपनर सान्जिन सहजादले सर्वाधिक ५४ रन बनाइन्। चान का इनले २९ बलमा १६, यास्मीन दास्वानीले १४ रन बनाइन्। नेपालका लागि राजमती ऐरीले सर्वाधिक ३ विकेट लिइन्। कप्तान इन्दु बर्माले २ विकेट लिइन्। पूजा महतो र ईश्वरी विष्टले १–१ विकेट लिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...