मुख्य समाचार
युद्धविरामको चर्चाबीच युक्रेन र रुसबीच 'ड्रोन वार' जारी
युद्धविरामको चर्चाबीच युक्रेन र रुसबीच 'ड्रोन वार' जारी

: युद्धविरामको चर्चाबीच युक्रेन र रुसबीच 'ड्रोन वार' जारी छ। युक्रेनले गएराति रुसले प्रहार गरेको १६ वटा ड्रोनलाई विफल बनाइदिएको बताएको छ।


रुसले प्रहार गरेको २७ मध्ये १६ वटा ड्रोनलाई विफल बनाएको युक्रेन एयर फोर्सले जानकारी दिएको छ। 'रूसले रातारात २७ वटा ड्रोन प्रहार गरेको थियो। जसमध्ये हाम्रो हवाई रक्षा प्रणालीले १६ वटालाई विफल पारेको छ,' युक्रेनको एयर फोर्सले विज्ञप्तिमा भनेको छ। अन्य ९ वटा ड्रोन पनि लक्ष्यमा पुग्न नसकेको युक्रेन युथ फोर्सको भनाइ छ।

रुसले पनि युक्रेनले रातभरि ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। उसले युक्रेनले २८ वटा ड्रोन आक्रमण गरेको जानकारी दिएको छ। रुसको हवाई रक्षा प्रणालीले ती सबै ड्रोनलाई विफल बनाइदिएको रुसले दाबी गरेको छ। युक्रेनले मस्को र बेल्गरोड लक्षित ड्रोन आक्रमण गरेको जानकारी दिएको छ।



हालै साउदीमा भएको अमेरिका-युक्रेन वार्ताले एक महिनाका लागि युद्धविराम गर्ने सहमति जुटाएको छ। अमेरिकाको आग्रहमा युक्रेन एक महिनाको लागि युद्धविराम गर्न राजी भएको हो। तर, अमेरिकी प्रस्तावलाई भने रुसले इन्कार गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोवले युक्रेनसँग युद्धविराम गर्न अस्वीकार गरेका हुन्।

उनले युद्धविरामले युक्रेनलाई अस्थायी राहत दिनेबाहेक केही हुँदैन। 'यो युद्धविरामले युक्रेनी सेनालाई अस्थायी राहत प्रदान गर्नुको साथै उनीहरूलाई संगठित बन्न दिने अवसरबाहेक केही हुँदैन,' उनले भनेका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत बनेर स्टिभ विटकफ रुस पुगेका छन्। उनले रुसी अधिकारीसँग संवाद गरे पनि राष्ट्रपति पुटिनसँग भेटवार्ता भएको भन्ने एकिन हुन नसकेको बीबीसीले उल्लेख गरेको छ। स्टिभले रुसी अधिकारीहरूमार्फत ट्रम्पको सन्देश राष्ट्रपति पुटिनलाई पठाएको बताइएको छ।

एक महिना युद्धविरामको प्रस्ताव स्वीकार गर्नका लागि उनले रुसी पक्षसँग लबिङ गरिएको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...