मुख्य समाचार
माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि सहज वातावरण बनाउन स्वास्थ्य मन्त्रालयले पहल
माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि सहज वातावरण बनाउन स्वास्थ्य मन्त्रालयले पहल

। माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि सहज वातावरण बनाउन स्वास्थ्य मन्त्रालयले पहल थालेको छ । यसको तयारी स्वरुप स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त समिति गठन गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार इन्डोनेसियामा क्षेत्रीय स्वास्थ्य सम्मेलनमा सहभागी भएका बेला मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य मन्त्री अब्दुल्ला खलिलबीच गत असोज पहिलो साता भेटवार्ता भएको थियो ।

छलफलका क्रममा माल्दिभ्सका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने विषयमा कुराकानी भएको थियो ।

नेपालले वातावरण बनाएमा विद्यार्थी पठाउने माल्दिभ्सका स्वास्थ्य मन्त्री खालिलले बताएका थिए । यसपछि मन्त्री पौडेलले नेपाल मेडिकल काउन्सिललाई चिकित्सा शिक्षाको द्वीपक्षीय मान्यता तथा प्रवर्द्धन उपायबारे सुझाव दिन आग्रह गरेका थिए ।

सोहीअनुसार काउन्सिलले दुवै देशको मापदण्डका आधारमा द्वीपक्षीय सम्झौतापश्चात विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन सकिने आसयको प्रतिवेदन दिएको थियो।

सोही आधारमा माल्दिभ्ससँग द्विपक्षीय सम्झौता गर्ने गरी तयारी गर्न मन्त्री पौडेलले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा.चोपलाल भुसाल संयोजक रहेको सात सदस्यीय समिति गठन गरेका हुन् ।

‘नेपालमा कम्तिमा सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउने वातावरण बनाउन हामी प्रयत्नरत छौँ,’ उनले भने, ‘माल्दिभ्सबाट सकारात्मक थालनी गर्ने योजना छ।’

समितिमा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा र गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख सदस्य छन्।

यसैगरी नेपाल मेडिकल काउसिन्सलका रजिष्ट्रार, चिकित्सा शिक्षा आयोगका निर्देशक तथा सदस्य सचिव सदस्य रहने समितिमा चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखाका अधिकृत सदस्य सचिव रहने गरी तोकिएको छ।

समितिले दुवै देशमा अवस्थित चिकित्सा शिक्षा मापदण्ड र मान्यताबारे विस्तृत समीक्षा गर्नेछ । यसैगरी, दुवै देशका मेडिकल काउन्सिलका मापदण्ड अध्ययन गरेर द्वीपक्षीय

सम्झौता तथा अन्त्यमा मन्त्रालयहरुबीच औपचारिक हस्ताक्षर गर्ने वातावरण तयार गर्न समितिलाई कार्यादेश दिइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

यससँगै अन्य सार्क राष्ट्रका चिकित्सा विद्यार्थीसमेत अध्ययन गर्न सहज वातावरण तयार हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वीरगन्ज महानगरपालिकाले वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि २४ सै घण्टा सेवा दिने गरी बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। आइतबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवनिर्मित बर्थिङ सेन्टरको समुद्घाटन गरेका हुन्। त्यहाँ २४ सै घण्टा प्रसूति सेवा सञ्चालनमा आएको महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख राजु साहले जानकारी दिए। बर्थिङ सेन्टर सञ्चालनका ...
। नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए ...
स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले सेभियामाथि जित हासिल गरेको छ
: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णलाई प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ।
औषधि व्यवस्था विभाग वीरगन्ज शाखाले यसै साता जनकपुर, महेन्द्रगनर, ढल्केवर, वीरेन्द्रबजार, मलङ्गवा लगायतका स्थानमा गरेको अनुगमनका क्रममा दर्ता नै नगरी सन्चालन गरिएका जनकपुरका चार औषधि पसलमा शिलबन्दी गरेको छ ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम