: जापानले ६ जना नेपालीलाई निष्कासन गरेको छ। गलत कागजात पेस गरेको आरोपमा उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो
निष्कासनमा पर्नेमा चौधरी, कार्की, खड्का, गौतम, घर्ती मगर र भट्टचन थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई आइतबार नेपाल फर्काइएको हो। स्रोतका अनुसार दुई जनालाई थाइ एयरको विमानबाट र तीन जनालाई श्रीलंकन एयरलायन्सको विमानबाट काठमाडौं फर्काइएको हो।
झुटो कागजात पेस गरेका आरोपमा उनीहरूलाई जापानको अध्यागमन प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि उनीहरूलाई सोधपुछ गरी आवश्यक डकुमेन्ट बन्दोबस्ती गरेर नेपाल फर्काइएको स्रोतले बताएको छ। कस्तो खालको कागजात पेस गरिएको भन्ने विषयमा भने खुलाइएको छैन।
अघिल्लो साता दुई जनालाई जापानले निष्कासन गरेको थियो। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा पुन र भुजेललाई नेपाल फर्काइएको थियो।
टोकियो, अक्टोबर १० (न्युज अन जापान) — जापानकी नयाँ प्रधानमन्त्री तथा लिबरल डेमोक्रेटिक पार्टी (LDP) की अध्यक्ष ताकाइचीले आफ्नो कार्यकालको पहिलो ठूलो कूटनीतिक परीक्षा सामना गर्न लागेकी छन्। उनी अक्टोबर २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो शिखर बैठक गर्ने तयारीमा छन्। यस भेटका क्रममा ट्रम्पले जापानसँग रक्षा खर्च सकल गार्हस्थ उत्पादन (GDP) को ३.५% ...
ओसाका, अक्टोबर १० (न्युज अन जापान) — ओसाकाको नाकानोशिमा क्षेत्रमा अक्टोबर १० बाट एक अनौठो अनुभव सुरु भएको छ — “स्काई रेस्टुरेन्ट”, जहाँ पाहुनाहरूलाई जमिनबाट ४० मिटर माथि झुन्डिएर खाना र पेय पदार्थको मजा लिन मिल्नेछ। यो रेस्टुरेन्ट अनुभव जापानको कान्साई क्षेत्रमा पहिलोपटक ल्याइएको हो, जुन यसअघि बेलायत, फ्रान्स, जर्मनी, चीनसहित ६५ भन्दा बढी देशहरूमा ...
टोकियो, जापान — ह्योगो प्रान्तीय प्रहरीका दुई प्रहरी अधिकृत गाँजासहित पक्राउ परेका छन्। उनीहरूले उक्त लागूपदार्थ आफ्नै प्रयोगको लागि राखेको स्वीकार गरेका छन्।
पक्राउ पर्नेमा अकाशी प्रहरी चौकीमा कार्यरत एक गस्ती प्रहरी र फुकिआई प्रहरी चौकीका एक सर्जन्ट रहेका छन्। दुवैजनाले गत अक्टोबर महिनामा आफ्ना-आफ्नै घरमा गाँजा राखेको आरोप लागेको छ।
अनुसन्धानकर्ताहरूका अनुसार प्रहरीले गस्ती प्रहरी काटोलाई ...