मुख्य समाचार
नेपाल ओलम्पिक कमिटी (एनओसी) विवाद समाधान उन्मुख
नेपाल ओलम्पिक कमिटी (एनओसी) विवाद समाधान उन्मुख

: नेपाल ओलम्पिक कमिटी (एनओसी) विवाद समाधान उन्मुख देखिएको छ । हालै एसियाली ओलम्पिक काउन्सिल (ओसीए)को मुख्यालयमा बसेको बैठकले दुई बुँदे समझदारीमा हस्ताक्षर गर्दै मिलेर अगाडि बढ्न सहमति गरेपछि लामो समयदेखि विवादित बनेको एनओसी विवाद समाधान उन्मुख देखिएको हो ।


ओसीएका महानिर्देशक हुसेन अल मुसाल्लामको अध्यक्षतामा मंगलबार बसेको बैठकले दुई बुँदे सम्झौता भएको छ । सम्झौतामा एनओसीको सदस्यता माग गर्दै आएका पाँच संघलाई सदस्यता दिने र उनीहरूले अदालतमा दायर गरेको मुद्दा यथाशीघ्र फिर्ता लिने उल्लेख गरिएको छ ।

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठसमेत उपस्थित बैठकमा पाँच राष्ट्रिय संघका प्रतिनिधिले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका थिए । बैठकमा नेपाल मोडर्न पेन्टाथलन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल इक्वेस्ट्रियन संघका अध्यक्ष रविराज कर्णिकार, नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाल र नेपाल बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपाने सहभागी थिए ।



बैठकले पाँच संघलाई नयाँ सदस्यता दिनका लागि १५ दिनभित्र एनओसीको विशेष साधारणसभा आह्वान गर्ने र सो साधारणसभाले नयाँ सदस्यताको मान्यता दिने सहमति भएको हो ।
एनओसीको साधारणसभा, विधान संशोधन र निर्वाचनका विषयमा उठेको विवाद र त्यसको निराकरणको जिम्मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले ओसीएलाई दिएको थियो । गत फेब्रुअरी ९ मा चीनको हर्विनमा आयोजना भएको नवौं विन्टर एसियन गेम्सका अवसरमा ओसीएले नेपाल ओलम्पिक कमिटीमा देखिएको विवादका विषयमा छलफल आयोजना गरेको थियो । त्यसपछि आईओसीका निर्देशक जेम्स म्याकलियोडले एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ र कमिटीमा आवद्ध संघहरूलाई पत्र लेख्दै पछिल्लो समय देखिएको विवाद समाधानको पहल ओसीएले गर्ने जानकारी गराएका थिए ।

यसअघि आईओसी र ओसीएले गत माघ २३ मा पत्राचार गर्दै सधारणसभा र निर्वाचनको विवाद अदालतमा पुगेको र त्यसको अन्तिम निर्णयको नहुञ्जेलसम्म ‘पर्ख र हेर’ को अवस्थामा रहेको जनाएको थियो । एनओसीको साधारणसभा र निर्वाचनका विषयमा पछिल्लो समय विभन्न प्रश्नहरू उठेको जनाउँदै त्यस बारे आफूहरू सचेत रहेको उल्लेख गरेको थियो ।

एनओसीको विधान संशोधन गैरकानुनी रहेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको थियो । उच्च अदालतले पूर्व निर्धारित समयमा साधारणसभा नगर्न आदेश दिएको थियो । एनओसीले भने उच्च अदालतको आदेश समयमै नपाएको भन्दै साधारणसभा गरी विधान संशोधन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...