मुख्य समाचार
सरकार राजावादीहरुको प्रदर्शनबाट आफू विचलित नभएको
सरकार राजावादीहरुको प्रदर्शनबाट आफू विचलित नभएको

। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार राजावादीहरुको प्रदर्शनबाट आफू विचलित नभएको बताएका छन् ।

सोमबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।




पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डलाई ‘राजावादीहरूको प्रदर्शनले मन, मुटु हल्लिएको हो ?’ भन्ने प्रश्न गरेका थिए

जवाफमा अध्यक्ष प्रचण्डले भनेका छन्, ‘यो प्रदर्शनले केही हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ।’




सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएको बताउँदै प्रचण्डले राजावादीहरूको प्रदर्शनको काउण्टरमा जाने हो भन्ने प्रश्नमा आफूहरू सल्लाह गरिरहेको जवाफ दिए ।

‘यो प्रदर्शनले केही मन मुटु हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ? यसको जिम्मेवारी त सरकारले लिनु नै पर्छ । सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठूलो निराशा र आक्रोश छ,’ प्रचण्डले भने, ‘जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन । सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठूलो फ्रस्टेशन छ । त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई मौका पाएको जस्तो देखिन्छ । हामी सल्लाह गर्दैछौँ ।’

अध्यक्ष दाहालले सरकार अझै पनि नागरिकप्रति उत्तरदायि नरहेको र त्यसको फाइदा प्रतिक्रियावादी शक्तिहरूले लिएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेस सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको बताएका छन् । कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि कांग्रेस बदलिएको बताए । 'समयक्रमसँगै कांग्रेस नयाँ काम, सोच र संकल्पका साथ अगाडि बढेको छ, कांग्रेसभित्र नेताभन्दा कार्यकर्तालाई बलियो ...
— सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ । योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा अरुण खोला पुलको आठौँ स्पानको ढलान सम्पन्न भएसँगै नारायणघाट–बुटवल सडक योजना ...
— नेकपा एमाले नेता अष्टलक्ष्मी शाक्यले महिलाहरूले विभिन्न कालखण्डमा गरेको आन्दोलन इतिहासमा कहिल्यै बिर्सन नहुने बताएकी छन्। ‘वर्ल्ड अफ वेमेन म्यागजिन र प्रोजेक्ट अभय तथा सी लिङ्स’को संयुक्त आयोजनामा काठमाडौंमा शनिबार आयोजित ‘राजनीतिमा संरचनात्मक अवरोध– महिला शक्ति र राजनीतिक संरचना’ विषयक खुला संवाद कार्यक्रममा बोल्दै उनले योगमाया न्यौपाने, द्वारिकादेवी ठाकुरानी, शैलजा आचार्य, सहाना प्रधानलगायत महिलाहरूले ...
— पाल्पाको रामपुरमा स्कुटर र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । रामपुर नगरपालिका–५, बेझाडनजिकै नहर अफिस परिसरमा स्कुटर र मोटरसाइकल ठोक्किएको हो । रामपुरकै रानाटोलदेखि बेझाड बजारतर्फ आउँदै गरेको जीए–ए–एए–२३८७ नम्बर को स्कुटर र विपरीत दिशाबाट आएको लु ९३ प ४४८ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक रामपुर नगरपालिका–७, किसानबारीका ...
— सरकारले निरन्तर राष्ट्रिय गौरवको आयोजनाका रूपमा बजेट खन्याइरहेको आयोजना हो— काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) । औपचारिक रूपमा यसको थालनी भएको मिति २०७४ वैशाख हो । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको निर्णयबाट त्यतिबेला आयोजना निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको थियो । तर सेनाको दाबी छ— पुरानो विस्तृत परियोजना रिपोर्ट (डीपीआर) ले नभएपछि हामीले फेरि बनाउनुपर्‍यो । र, मन्त्रिपरिषद्बाट स्वीकृति गराएर ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम