मुख्य समाचार
सरकार राजावादीहरुको प्रदर्शनबाट आफू विचलित नभएको
सरकार राजावादीहरुको प्रदर्शनबाट आफू विचलित नभएको

। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार राजावादीहरुको प्रदर्शनबाट आफू विचलित नभएको बताएका छन् ।

सोमबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।




पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डलाई ‘राजावादीहरूको प्रदर्शनले मन, मुटु हल्लिएको हो ?’ भन्ने प्रश्न गरेका थिए

जवाफमा अध्यक्ष प्रचण्डले भनेका छन्, ‘यो प्रदर्शनले केही हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ।’




सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएको बताउँदै प्रचण्डले राजावादीहरूको प्रदर्शनको काउण्टरमा जाने हो भन्ने प्रश्नमा आफूहरू सल्लाह गरिरहेको जवाफ दिए ।

‘यो प्रदर्शनले केही मन मुटु हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ? यसको जिम्मेवारी त सरकारले लिनु नै पर्छ । सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठूलो निराशा र आक्रोश छ,’ प्रचण्डले भने, ‘जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन । सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठूलो फ्रस्टेशन छ । त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई मौका पाएको जस्तो देखिन्छ । हामी सल्लाह गर्दैछौँ ।’

अध्यक्ष दाहालले सरकार अझै पनि नागरिकप्रति उत्तरदायि नरहेको र त्यसको फाइदा प्रतिक्रियावादी शक्तिहरूले लिएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तेह्रथुमको छथर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड २७ लाख ९९ हजार ६ सय ३४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको गाउँसभा तथा १७औं अधिवेशन मार्फत प्रस्तुत बजेटले सडक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेको छ । छथर गाउँपालिका–३ पञ्चकन्या स्थित ऐतिहासिक तथा पर्यटकीय स्थल ५२ ढोके/बराह मन्दिर/योमुई ...
। नेपाल र चीनबीच विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा आपसी सहकार्यलाई अघि बढाउन एक संयुक्त समिति गठन गरिने भएको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा सो सहमति भएको हो । भेटमा सन् २०२३ मा दुई देशबीच विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने गरी ...
चीनबाट रेयर अर्थसँग सम्बन्धित सामग्रीहरू गैरकानूनी रूपमा बाहिर लैजान खोजेको आरोपमा चिनियाँ अधिकारीहरूले दुई जना जापानी नागरिकलाई नियन्त्रणमा लिएका छन्। जापानी मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले बुधबार दिएको जानकारी अनुसार प्रतिबन्धित वस्तुहरूको आयात–निर्यात सम्बन्धी चिनियाँ कानुन उल्लङ्घन गरेको आरोपमा एक जनालाई गत मे १८ मा र अर्का व्यक्तिलाई त्यसको एक हप्ता पछि नियन्त्रणमा लिइएको हो। टोकियोले गोपनीयताको ...
। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले चिकित्सकको उपाधि नै नपाई बिरामी जाँच गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी बस्ने ४७ वर्षीया चेतन ए एम (पौडेल) छिन् । उनले नपाएको चिकित्सकको उपाधी प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र समेत प्राप्त नगरी बिरामीको उपचार गरेको पाइएको सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम ...
। सितापाइला, डल्लु लगायतका क्षेत्रबाट प्रहरीले २४ विदेशी नागरिकलाई पक्राउ गरेको छ । पासपोर्ट नभएका, पर्यटक भिसाको अवधि सकिएका २४ विदेशी नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । पक्राउ पर्नेहरु सबै बंगलादेशी नागरिक छन् । उनीहरू कपडा कारखानामा काम समेत गर्ने गरेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरूलाई अध्यागमन विभागमा ...