मुख्य समाचार
थापाले नागरिकको असन्तुष्टिको आक्रोशलाई आगोलाई प्रयोग गरेर एकथरी रोटी सेक्न चाहेको बताए
थापाले नागरिकको असन्तुष्टिको आक्रोशलाई आगोलाई प्रयोग गरेर एकथरी रोटी सेक्न चाहेको बताए

। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिकको असन्तुष्टिको आक्रोशलाई आगोलाई प्रयोग गरेर एकथरी रोटी सेक्न चाहेको बताएका छन् ।

राजावादीहरूको प्रदर्शनलाई लक्षित गर्दै महामन्त्री थापाले आक्रोशको आगो निभाउने दायित्व कांग्रेसको रहेको बताए ।




सुदूरपश्चिम कांग्रेसको पहिलो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले नागरिकमा असन्तुष्टि रहे पनि निराशा भने नरहेको बताए ।

‘जसले २०६० सालमा माओवादीले लखेट्दा पनि हामीलाई साथ दिए । जसले राजाले अधिकार खोसेको बेलामा पनि हामीलाई साथ दिए । पहिलो संविधान सभा असफल भएको बेलामा पनि साथ दिए । ती नागरिकहरूमा आज असन्तुष्टि देखिएको छ,’ उनले भने ।




उनीहरूले व्यवस्था बदल्छु भनेर कांग्रेसलाई साथ दिँदै आएको उनको भनाइ थियो ।

नागरिकहरूले उठाएका प्रश्नबारे थापाले भने, ‘तिमिले व्यवस्था बदलेपछि मेरो अवस्था बदलिन्छ भनेर भन्यौं । तिमिले भनेको जस्तो मेरो अवस्था बदलिएको छैन ।’

लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्न नहुने थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले रिमोट वर्कका लागि कानुनी तथा प्राविधिक तयारी पूरा भइसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले रिमोट वर्कसम्बन्धी सूचना प्रणाली विकास भइसकेको र नीतिगत निर्णय भई कार्यान्वयनको अन्तिम तयारीमा रहेको बताएका हुन् । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले नेपाललाई ‘टेक हब’ ...
— एक सातायता पाल्पामा विषालु च्याउ सेवन गरेर दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी बिरामी भएका छन् । जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो ...
। पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग छन् । उनी हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालित भएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक ...
— कांग्रेसका सभापति गगनकुमार थापाले मधेश प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् । बर्दिबासमा बुधबार आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेश सरकारको नेतृत्वमा कांग्रेसले निरन्तरता दिने बताएका हुन् । सभापति थापाले कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि ...
। सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।