मुख्य समाचार
रुसले कब्जा गरेको भूमि युक्रेनले छोड्नुपर्छ : अमेरिका
रुसले कब्जा गरेको भूमि युक्रेनले छोड्नुपर्छ : अमेरिका

: रुसले कब्जा गरेको भूमि युक्रेनले छोड्नुपर्ने अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन्। उनले युक्रेनले युद्ध शान्ति चाहने भने जग्गा त्याग्न आह्वान गरेका हुन्।


रुबियोले सोमबार युक्रेनले २०१४ देखि रूसले कब्जा गरेको क्षेत्रमा भने आफ्नो दावी गर्न नहुने बताएका छन्।

उनले भने, 'मलाई लाग्छ दुवै पक्षले यो द्वन्द्वको कुनै सैन्य समाधान छैन भन्ने कुरा बुझ्नु आवश्यक छ। रुसले सम्पूर्ण युक्रेन कब्जा गर्न सक्दैन र युक्रेनको लागि पनि रुसलाई २०१४ अघिको अवस्थामा फर्काउन अत्यन्तै गाह्रो हुनेछ।'



रुबियोले रुस र युक्रेनलाई कडा निर्णय लिन तयार रहन पनि आह्वान गरेका छन्। रुबियो साउदी अरब आइपुगेका छन्। उनले साउदीमा युक्रेनका वरिष्ठ अधिकारीहरूसँग भेट्ने कार्यक्रम रहेको छ।

केही दिनअघि ह्वाइटहाउसमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वार्ताको क्रममा बहस भएको थियो। बहसको कारण उक्त वार्ता सफल हुन सकेको थिएन।
विवादपछि उत्पन्न भएको तिक्तता मेट्न अमेरिकी विदेशमन्त्री युक्रेनका अधिकारीहरुसँग वार्ताका लागि साउदी आएका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...