मुख्य समाचार
रुसले कब्जा गरेको भूमि युक्रेनले छोड्नुपर्छ : अमेरिका
रुसले कब्जा गरेको भूमि युक्रेनले छोड्नुपर्छ : अमेरिका

: रुसले कब्जा गरेको भूमि युक्रेनले छोड्नुपर्ने अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन्। उनले युक्रेनले युद्ध शान्ति चाहने भने जग्गा त्याग्न आह्वान गरेका हुन्।


रुबियोले सोमबार युक्रेनले २०१४ देखि रूसले कब्जा गरेको क्षेत्रमा भने आफ्नो दावी गर्न नहुने बताएका छन्।

उनले भने, 'मलाई लाग्छ दुवै पक्षले यो द्वन्द्वको कुनै सैन्य समाधान छैन भन्ने कुरा बुझ्नु आवश्यक छ। रुसले सम्पूर्ण युक्रेन कब्जा गर्न सक्दैन र युक्रेनको लागि पनि रुसलाई २०१४ अघिको अवस्थामा फर्काउन अत्यन्तै गाह्रो हुनेछ।'



रुबियोले रुस र युक्रेनलाई कडा निर्णय लिन तयार रहन पनि आह्वान गरेका छन्। रुबियो साउदी अरब आइपुगेका छन्। उनले साउदीमा युक्रेनका वरिष्ठ अधिकारीहरूसँग भेट्ने कार्यक्रम रहेको छ।

केही दिनअघि ह्वाइटहाउसमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वार्ताको क्रममा बहस भएको थियो। बहसको कारण उक्त वार्ता सफल हुन सकेको थिएन।
विवादपछि उत्पन्न भएको तिक्तता मेट्न अमेरिकी विदेशमन्त्री युक्रेनका अधिकारीहरुसँग वार्ताका लागि साउदी आएका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...