मुख्य समाचार
पोखरीमा डुबेर नाबालिकाको मृत्यु
पोखरीमा डुबेर नाबालिकाको मृत्यु

: मोरङमा सार्वजनिक पोखरीमा डुबेर नाबालिकाको मृत्यु भएको छ। आमासँगै मामाघर आएकी २ वर्षीया रोशनी मुखियाको मृत्यु भएको हो।


मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जहदा गाउँपालिका–४ स्कुल टोलमा रहेको सार्वजनिक पोखरीमा डुबेर मन्तिदेवी मुखियाकी २ वर्षीया छोरी रोशनीको मृत्यु भएको बताए।

मन्तिदेवीको घर भारतको अररिया सोनापुर हो। उनी नाबालिका छोरीलाई लिएर सोमबार मात्रै जहदास्थित माइती घर आएकी थिइन्।



डीएसपी जोशीले मन्तिदेवीको माइती घरनजिकै रहेको पोखरीमा डुबेर उनकी नाबालिका छोरीको मृत्यु भएको जानकारी दिए। डुबेर घाइते भएको अवस्थामा देखेर आफन्त उद्धार गरी नाबालिकालाई सोमबार साँझ उपचारका लागि अस्पताल पुर्याएका थिए। विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ राति ८ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।

खेल्ने क्रममा नाबालिका पोखरीमा खसेर डुबेको हुनसक्ने बताउँदै डीएसपी जोशीले विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउनेसक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्णरूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयले निजामती सेवा ...
: प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुऱ्याउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले 'नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३' स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने यो निर्णय गरेको हो। प्रधानमन्त्री सचिवालयका अनुसार सरकारले ...
: नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पूर्ण महासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा आयोजित सो पक्षको बागमती प्रदेशस्तरीय भेलाले पार्टीको बृहत एकता, संगठनात्मक पुनर्जागरण, विधान संशोधन, आन्तरिक लोकतन्त्र र आगामी राजनीतिक दिशाका विषयमा गम्भीर छलफल गर्न शीघ्र पूर्ण महासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको कांग्रेस नेता डा ...
: नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ। सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेका हुन्। समितिको संयोजक तारामान गुरूङ रहेका छन्। सदस्यमा धना खतिवडा,रमेशप्रसाद धमला र बजरंग नेपाली चयन भएका छन्।
: नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन् । बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै महानिरीक्षक कार्कीले घरायसी प्रयोजनका लागि ल्याइने सानो परिमाणको सामान समातेर ठूलो तस्करीमा संलग्नलाई छुट दिने ...