मुख्य समाचार
जापानको नागाइजुमीमा विश्वकै सबैभन्दा सानो पार्कको रुपमा गिनिज बुकमा नाम
जापानको नागाइजुमीमा विश्वकै सबैभन्दा सानो पार्कको रुपमा गिनिज बुकमा नाम

। जापानको नागाइजुमीमा रहेको झण्डै एउटा पत्रिका जत्रै आकारको एउटा पार्कले विश्वकै सबैभन्दा सानो पार्कको रुपमा गिनिज बुकमा नाम लेखाएको छ ।

२.६ वर्गफिट आकारको यो पार्कमा घाँसको एउटा सानो गाज, ढुंगाका केही टुक्रा र आगन्तुकका लागि बस्ने एउटा टूल रहेको छ । यो पार्क त्यहाँ सन् १९८० को दशकदेखि नै रहेको भएपनि हालैमात्र यसले विश्वको सबैभन्दा सानो मनोरञ्जनात्मक पार्कको रुपमा गिनिज बुकमा नाम लेखाएको हो ।




नागाइजुमी नगरको निर्माण व्यवस्थापन महाशाखाका प्रमुख शुजी कोयामाका अनुसार सडकमा रहेको खाली ठाउँको राम्रोसँग उपयोग गर्नका लागि सन् १९८८ मा त्यो सानो पार्क निर्माण गरिएको थियो । त्यसबेला भर्खरै अमेरिकाको भ्रमण गरेर आएका कार्यालयका एक कर्मचारीको उत्प्रेरणा तथा अवधारणाका आधारमा उक्त पार्क बनाइएको थियो ।

उनका अनुसार ती कर्मचारीले ओरेगनस्थित मिल्स एन्ड्स पार्क देखेका रहेछन्, जुन त्यसबेलाको विश्वको सबैभन्दा सानो पार्कको रुपमा थियो । त्यसपछि उनीहरुले त्यो अमेरिकी पार्क भन्दा पनि सानो पार्क जापानमा बनाउने निधो गरेर फर्किए।

स्थानीयहरुले स्वतस्र्फुत रुपमा यो पार्कलाई विश्वकै सानो पार्क भन्ने गरेको भएपनि गत महिना मात्रै गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले आधिकारिक रुपमा त्यसको मान्यता दिएको हो । त्यसक्रममा उक्त पार्कको क्षेत्रफल निर्धारण र मापनका लागि व्यवसायिक सर्भेयर ल्याइएको थियो ।

साथै कुनैपनि पार्कमा हुनुपर्ने आधारभूत सुविधा (कम्तिमा एकजना बस्न र रिल्याक्स गर्नसक्ने) भए नभएको पनि एकिन गरियो ।

कोयामाका अनुसार उक्त पार्कको मर्मत सम्भार तथा अझैबढि सोसल मिडिया मैत्री बनाएर थप चर्चामा ल्याउने योजना नगरको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवा बाढीबाट प्रभावितका लागि जापान सरकारले राहत प्रदान गरेको छ। नेपालका लागि जापानी राजदूत मायदा तोरुले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई बुधबार राहत सामग्री हस्तान्तरण गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायता व्यवस्थापन क्षेत्रमा राजदूत मायदाले जापान सरकार र जापानी जनताका तर्फबाट आपतकालीन राहत सामग्री मन्त्री पुनलाई हस्तान्तरण गरेका हुन्। जापान सरकारले उपलब्ध गराएको राहत ...
। नेपाल–चीन सीमा क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोको विषयलाई लिएर नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबीच टेलिफोन वार्ता भएको छ। मंगलबार दिउँसो करिब उनीहरूबीच करिब १० मिनेट कुराकानी भएको जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ। समवेदना र बेपत्ता नागरिकको खोजीमा चासो वार्ताको सुरुमै जापानी प्रधानमन्त्री ताकाइचीले गत अगस्ट २६ मा गएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति ...
। जापानमा रेलको ठक्करबाटा रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार टोकियोको उत्तरमा रहेको कानुमा शहरको शिन–कानुमा स्टेशनमा रेलको लिक वरपरका झारपात हटाइरहेको समयमा कर्मचारीलाई एक्सप्रेस रेलले ठक्कर दिएको जनाइएको छ । रेलले ठक्कर दिएका चारै जनाको मृत्यु पुष्टि भएको अग्नि नियन्त्रक विभागका अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ...
। जापानले विदेशी श्रमिक लैजान सुरु गर्न लागेको नयाँ ‘इम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट’ (ईएसडी) कार्यक्रमका लागि नेपालसँग गर्नुपर्ने सम्झौता हुन सकेको छैन । जापानले पठाएको सम्झौताको मस्यौदामा रहेको सेवा शुल्कसम्बन्धी प्रावधानमा नेपालले सहमति जनाउन नसक्दा सम्झौता प्रक्रिया लम्बिएको हो । जापानले नयाँ कार्यक्रम कार्यान्वयनअघि नै नेपाललाई सम्झौता गर्न मस्यौदा पठाएको थियो । नेपाललाई तीन महिनाको समय ...
वासिङ्टन (रासस/एएफपी) । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले जापानी येनको स्थिरता केवल जापान वा अमेरिकाका लागि मात्र नभई समग्र एसियाली अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण रहेको बताएका छन्। उनले कमजोर येनका कारण क्षेत्रीय मुद्राबजारमा अस्थिरता फैलिन सक्ने चेतावनी दिएका छन् । उनले यही कारणले संयुक्त राज्य अमेरिका र जापानले येनलाई समर्थन गर्न संयुक्त रूपमा हस्तक्षेप गरेको स्पष्ट पारेका ...