मुख्य समाचार
सत्ता चाहिए ज्ञानेन्द्रले पार्टी खोले भो : अग्नि सापकोटा
सत्ता चाहिए ज्ञानेन्द्रले पार्टी खोले भो : अग्नि सापकोटा

। पूर्वसभामुख अग्निप्रसाद सापकोटा सत्तामा पुनः जाने चाहना भए पूर्वराजा ज्ञानेन्द्र राजनीतिमा आउन सक्ने बताउँछन् । यसका लागि राजनीतिक दल खोलेर चुनावमा लड्न सक्ने उनको सुझाव छ ।

‘सत्ता चाहिए एउटा पार्टी खोले भो । पार्टी खोल्न एउटा नागरिकको हैसियतले उनलाई स्वतन्त्रता छ’ पूर्वराजा ज्ञानेन्द्रलाई पूर्वसभामुख सापकोटाको राय छ ।




सापकोटाका अनुसार संविधानसम्मत आफ्ना गतिविधि गर्ने अधिकार र छुट सबै नागरिकलाई छ । एउटा नागरिकको हैसियतमा संविधानतः सबै अधिकार पूर्वराजाले उपभोग गर्न सक्छन् ।

अन्यथा, परिस्थिति प्रतिकुल बन्न सक्ने उनको चेतावनी छ । उनी भन्छन्, ‘नेपाली जनताले रगतको खोलो बगाएर प्राप्त गरेको संविधान हो । यो संविधान अन्तर्गत सबै बसौं । त्यसमा सबैको कल्याण छ ।’




१० वर्षे माओवादी सशस्त्र युद्ध, २०६२/०६३ को जनआन्दोलन र मधेश आन्दोलनको पृष्ठभूमिमा नेपालबाट राजतन्त्र अन्त्य भएको हो । २८ चैत २०६४ सालमा सम्पन्न संविधान सभाको चुनावबाट निर्वाचित संविधान सभाको पहिलो बैठक (१५ जेठ २०६५) ले नेपालबाट राजतन्त्र अन्त्यको घोषणा गरेको थियो । त्यसयता पूर्वराजा ज्ञानेन्द्र निर्मल निवासमा बस्दै आएका छन् ।

आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्वमा काठमाडौंमा राजतन्त्र पक्षधरहरूले काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए । विभिन्न जिल्लाको भ्रमण गरेर पूर्वराजा ज्ञानेन्द्र आइतबार पोखराबाट काठमाडौं फर्किएका थिए । उनी काठमाडौं फर्किँदा राजतन्त्र पक्षधरहरूले उनको स्वागतमा र्‍याली निकालेर शक्ति प्रदर्शन गरेका हुन् ।

त्यसपछि माओवादी केन्द्रले त्यसको प्रतिवाद गर्न खोजेको छ । प्रतिवादको तयारी स्वरुप सोमबार माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठक पछाडि उपाध्यक्ष समेत रहेका सापकोटाले जनताको साथ प्राप्त उपलब्धी उल्ट्याउनेमा नहुने खयाल गर्न पूर्वराजा ज्ञानेन्द्रलाई सुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मैवाखोला, मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकाबाहेक ताप्लेजुङका सबै स्थानीय तहमा लम्पी स्किनको संक्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख रोशन दाहालका अनुसार ६ वटा स्थानीय तहका ३४ पशु चौपायामा संक्रमण देखिएको हो । प्रदेश प्रयोगशालामा पठाइएको नमुना परीक्षणअनुसार मेरिङदेनमा १०, आठराईत्रिवेणीमा ८, सिरिजंगामा ५, सिदिङवामा २, फक्ताङलुङमा २ वटामा पशुमा ...
। प्रादेशिक अस्पताल जनकपुरमा बिरामीलाई नि:शुल्क उपलब्ध गराउने औषधि महिनौदेखि अभाव छ । पहिले ७० प्रकारका औषधि नि:शुल्क उपलब्ध हुने प्रादेशिक अस्पतालको नि:शुल्क औषधि शाखामा अहिले २० प्रकारको औषधि छैन । औषधि नपाउँदा दैनिक आउने कम्तिमा ५० जना बिरामीमध्ये धेरै रित्तै फर्किने गरेको शाखामा कार्यरत कर्मचारीहरु बताउँछन् । ‘औषधि अभावको बारेमा पटक–पटक उपलल्लो निकायमा जानकारी गराएका ...
खानेपानी मन्त्रीलाई हर्क साम्पाङको पत्र : खोल्सीको पानीले गुजारा गरौंला, एडीबीको ऋण चाहिएन
यसवर्ष डेंगु संक्रमणका कारण देशभरि ६० हजारभन्दा बढी बिरामी हुनसक्ने अनुमान
'कुलिङ अफ पिरियड' राखे राजीनामा दिन्छु भनेर देउसी भैलो खेलेको देखियो : अनिता देवी