मुख्य समाचार
सत्ता चाहिए ज्ञानेन्द्रले पार्टी खोले भो : अग्नि सापकोटा
सत्ता चाहिए ज्ञानेन्द्रले पार्टी खोले भो : अग्नि सापकोटा

। पूर्वसभामुख अग्निप्रसाद सापकोटा सत्तामा पुनः जाने चाहना भए पूर्वराजा ज्ञानेन्द्र राजनीतिमा आउन सक्ने बताउँछन् । यसका लागि राजनीतिक दल खोलेर चुनावमा लड्न सक्ने उनको सुझाव छ ।

‘सत्ता चाहिए एउटा पार्टी खोले भो । पार्टी खोल्न एउटा नागरिकको हैसियतले उनलाई स्वतन्त्रता छ’ पूर्वराजा ज्ञानेन्द्रलाई पूर्वसभामुख सापकोटाको राय छ ।




सापकोटाका अनुसार संविधानसम्मत आफ्ना गतिविधि गर्ने अधिकार र छुट सबै नागरिकलाई छ । एउटा नागरिकको हैसियतमा संविधानतः सबै अधिकार पूर्वराजाले उपभोग गर्न सक्छन् ।

अन्यथा, परिस्थिति प्रतिकुल बन्न सक्ने उनको चेतावनी छ । उनी भन्छन्, ‘नेपाली जनताले रगतको खोलो बगाएर प्राप्त गरेको संविधान हो । यो संविधान अन्तर्गत सबै बसौं । त्यसमा सबैको कल्याण छ ।’




१० वर्षे माओवादी सशस्त्र युद्ध, २०६२/०६३ को जनआन्दोलन र मधेश आन्दोलनको पृष्ठभूमिमा नेपालबाट राजतन्त्र अन्त्य भएको हो । २८ चैत २०६४ सालमा सम्पन्न संविधान सभाको चुनावबाट निर्वाचित संविधान सभाको पहिलो बैठक (१५ जेठ २०६५) ले नेपालबाट राजतन्त्र अन्त्यको घोषणा गरेको थियो । त्यसयता पूर्वराजा ज्ञानेन्द्र निर्मल निवासमा बस्दै आएका छन् ।

आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्वमा काठमाडौंमा राजतन्त्र पक्षधरहरूले काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए । विभिन्न जिल्लाको भ्रमण गरेर पूर्वराजा ज्ञानेन्द्र आइतबार पोखराबाट काठमाडौं फर्किएका थिए । उनी काठमाडौं फर्किँदा राजतन्त्र पक्षधरहरूले उनको स्वागतमा र्‍याली निकालेर शक्ति प्रदर्शन गरेका हुन् ।

त्यसपछि माओवादी केन्द्रले त्यसको प्रतिवाद गर्न खोजेको छ । प्रतिवादको तयारी स्वरुप सोमबार माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठक पछाडि उपाध्यक्ष समेत रहेका सापकोटाले जनताको साथ प्राप्त उपलब्धी उल्ट्याउनेमा नहुने खयाल गर्न पूर्वराजा ज्ञानेन्द्रलाई सुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...
। सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य ...
। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोडको घटनाले नयाँ मोड लिएको छ । उपचारका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत ठप्प पारेका छन् । गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा ...