मुख्य समाचार
कोशी प्रदेशलाई १६५ रनले हराउँदै मधेश प्रदेशले विजयी सुरुवात
कोशी प्रदेशलाई १६५ रनले हराउँदै मधेश प्रदेशले विजयी सुरुवात

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई १६५ रनले हराउँदै मधेश प्रदेशले विजयी सुरुवात गरेको छ। सिद्धार्थनगरस्थित सिद्धार्थ रंगशाला टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८४ रन बनाएको थियो।


मधेशले दिएको २८५ रनको बलियो लक्ष्य पछ्याएको कोशीले ३३ ओभरमा ११९ रन बनाउँदै अलआउट भएको हो। कोशीका दुवै ओपनर डकआउट हुँदा तेस्रो क्रमका ब्याटर सकिब हकले सर्वाधिक २५ रन बनाए। उनले ४७ बलमा २ चौका प्रहार गरे।

सुजन थपलियाले २४, फिर्दोस अन्सारीले २१ रन बनाउँदा दिपेश कँडेल २० रन बनाउँदै बोल्ड भए। मधेशका लागि रुपेश सिंहले उत्कृष्ट बलिङ स्पेल देखाए। उनले ९ ओभरमा २९ रन खर्चेर ५ विकेट लिए।



राजेश यादवले ३ विकेट लिँदा हरिशंकर शाह र प्रदिप पाश्वानले १–१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको मधेशका लागि पवन सरार्फले सर्वाधिक ९२ रन बनाए। ८५ बलमा ११ चौका र २ छक्का प्रहार गरे।

कप्तान अनिल शाह र पवन सरार्फको उत्कृष्ट पारीमा मधेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८६ रन बनाएको हो। ओपनर अनिल शाहले ७५ बलमा १० चौकासहित ७५ रन बनाए। अर्का ओपनर मयन यादवले १० रन बनाउँदै क्याच भए। रुपेश सिंह इनिङ्सको अन्तिम बलमा १० रन बनाउँदै क्याच आउट भए। डेब्युटेन्ट दिपेश दास ५६ रनमा अविजित रहे।

कोशी प्रदेशका लागि विपिन महतो र प्रकाश कार्कीले समान २–२ विकेट लिए। फिर्दोस अन्सारी र दीपेश कँडेलले १–१ विकेट लिए। कोशी पहिलो खेलमा लुम्बिनी प्रदेशसँग २६ रनले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...