मुख्य समाचार
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात

: प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। बागमती प्रदेशमाथि १३४ रनको फराकिलो जित निकाल्दै आर्मीले प्रतियोगितामा सुखद सुरुवात गरेको हो।


सिद्धार्थनगरस्थित सिद्धार्थ रंगशाला त्रिभुवन आर्मी क्लबले दिएको २६३ रनको बलियो लक्ष्य पछ्याएको बागमती २७ ओभरमा १२८ रन बनाउँदै अलआउट भएको हो। बागमतीका लागि विवेक राना मगरले ५१ रनको अर्धशतकीय पारी खेले पनि त्यो जितको लागि पर्याप्त भएन।

ओपनर आशुतोष घिरौयाले १० रन बनाउँदा अर्का ओपनर शुभ कंसाकर ३ रनमै आकाश चन्दको बलमा एलबीडब्ल्यु आउट भए। इशान पाण्डेले १९ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। आर्मीका लागि स्पिनर साहब आलमले सर्वाधिक ४ विकेट लिए। आकाश चन्दले ३ विकेट लिँदा सोमपाल कामी, नरेन साउद र वसिर अहमदले समान १–१ विकेट लिए।



त्यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको थियो। आर्मीका लागि ओपनर ब्याटर सन्तोष कार्कीले सर्वाधिक ७६ रन बनाए। उनले ९८ बलमा १० चौका र १ छक्का प्रहार गरेका हुन्। अर्का ओपनर तीर्थ राज दासले ३६ रन बनाए।

विवेक यादवले ३० रन बनाए। कुशल मल्ल २६ रनमा क्याच आउट भए। कप्तान विनोद भण्डारी ४७ रनमा र आकाश चन्द १ रनमा अविजित रहे। अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बागमतीका लागि रिजन ढकाल, इशान पाण्डे र प्रतिश जिसीले समान २–२ विकेट लिए। सोनु देवकोटाले १ विकेट लिए। यो बागमतीको लगातार दोस्रो हार हो। बागमतीले प्रतियोगिताको पहिलो खेलमा एपीएफसँग हार बेहोरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...