मुख्य समाचार
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात

: प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। बागमती प्रदेशमाथि १३४ रनको फराकिलो जित निकाल्दै आर्मीले प्रतियोगितामा सुखद सुरुवात गरेको हो।


सिद्धार्थनगरस्थित सिद्धार्थ रंगशाला त्रिभुवन आर्मी क्लबले दिएको २६३ रनको बलियो लक्ष्य पछ्याएको बागमती २७ ओभरमा १२८ रन बनाउँदै अलआउट भएको हो। बागमतीका लागि विवेक राना मगरले ५१ रनको अर्धशतकीय पारी खेले पनि त्यो जितको लागि पर्याप्त भएन।

ओपनर आशुतोष घिरौयाले १० रन बनाउँदा अर्का ओपनर शुभ कंसाकर ३ रनमै आकाश चन्दको बलमा एलबीडब्ल्यु आउट भए। इशान पाण्डेले १९ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। आर्मीका लागि स्पिनर साहब आलमले सर्वाधिक ४ विकेट लिए। आकाश चन्दले ३ विकेट लिँदा सोमपाल कामी, नरेन साउद र वसिर अहमदले समान १–१ विकेट लिए।



त्यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको थियो। आर्मीका लागि ओपनर ब्याटर सन्तोष कार्कीले सर्वाधिक ७६ रन बनाए। उनले ९८ बलमा १० चौका र १ छक्का प्रहार गरेका हुन्। अर्का ओपनर तीर्थ राज दासले ३६ रन बनाए।

विवेक यादवले ३० रन बनाए। कुशल मल्ल २६ रनमा क्याच आउट भए। कप्तान विनोद भण्डारी ४७ रनमा र आकाश चन्द १ रनमा अविजित रहे। अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बागमतीका लागि रिजन ढकाल, इशान पाण्डे र प्रतिश जिसीले समान २–२ विकेट लिए। सोनु देवकोटाले १ विकेट लिए। यो बागमतीको लगातार दोस्रो हार हो। बागमतीले प्रतियोगिताको पहिलो खेलमा एपीएफसँग हार बेहोरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...