मुख्य समाचार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा.सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा.सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी

। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा.सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी गरेको छ । मन्त्रालयले आज सूचना जारी गरी क्षेत्रीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ ।

नवौँ तहका क्षेत्री गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालय अनुपस्थित रहेको मन्त्रालयले जनाएको छ । यही फागुन १० गते सूचना प्रकाशित गरी उनलाई पहिलो पटक स्पष्टीकरण सोधिएको थियो। स्पष्टीकरणका लागि ७

दिनको म्याद दिइएको थियो ।

फागुन १५ मा क्षेत्रीले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयले आज दोस्रो पटक सार्वजनिक सूचना जारी गरी स्पष्टीकरण सोधेको हो ।

स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ उपदफा १ खण्ड (ज) को व्यवस्था बमोजिम सेवाबाट किन नहटाउने भन्दै १५ दिने स्पष्टीकरण सोधिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक ...
। ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा रहेका चिम्पान्जीको दाँत सफा गर्ने, एक्स–रे गर्ने, नङ काट्नेलगायत स्वास्थ्य परीक्षण गरिएको केन्द्रकी निर्देशक लिलियाना पाचेको रिकोटेले बताइन्। उनका अनुसार सन् १९७० को दशकदेखि २००० को दशकको सुरुसम्म अमेरिकी अनुसन्धानकर्ताले लाइबेरियामा हेपाटाइटिस बी ...
भोटेकोशी नदीमा आएको बाढीले बागमती प्रदेशका जिल्लाहरूमा भीषण क्षति पुर्‍यायो । त्यसको निरीक्षण गरेर फर्किनुभयो, त्यहाँको अवस्था कस्तो पाउनुभयो ? भोटेकोशी नदीमा आएको बाढीले प्रभावित बनेका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका १५ वटा पालिकामा धेरै ठूलो जनधनको क्षति भएको छ । झन्डै ७ हजारको हाराहारीमा मानवीय क्षति भएको अनुमान गरेका छौं । मानवीय क्षतिसँगै त्यहाँका ...
। रसुवा बाढीमा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको छ । बाढीमा बेपत्ता व्यक्तिहरू सम्पर्कमा नआएपछि पहिचानका लागि सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको जानकारी दिए । उनका ...
। १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा पानीजन्य रोग तथा खाद्य विषाक्तता (फुड पोइजनिङ) को उच्च जोखिम रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । बाढीका कारण खानेपानीका स्रोतहरू प्रदूषित भएको र अस्वस्थकर खाद्य वस्तुको उपभोगले महामारी फैलिन सक्ने भन्दै विभागले सम्पूर्ण उपभोक्ता, राहत वितरक ...