मुख्य समाचार
एलोन मस्कले युक्रेनको इन्टरनेट बन्द गर्ने धम्की
एलोन मस्कले युक्रेनको इन्टरनेट बन्द गर्ने धम्की

: टेस्ला र स्टारलिङ्कका सीईओ एलोन मस्कले युक्रेनको इन्टरनेट बन्द गर्ने धम्की दिएका छन्। आइतबार मस्कले यदि उनले युक्रेनमा आफ्नो स्टारलिङ्क इन्टरनेट प्रणाली बन्द गरे भने युक्रेनको रक्षा रेखा ध्वस्त हुने बताएका छन्।


मस्कको स्टारलिङ्क इन्टरनेट प्रणाली युक्रेनलाई सैन्य सञ्चार कायम राख्न सहयोगी भएको छ।

मस्कले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेका छन्, 'स्टारलिङ्क प्रणाली युक्रेनी सेनाको मेरुदण्ड हो। युक्रेनले अन्ततः हार्ने युद्ध र नरसंहारको बारेमा म चिन्तित छु।'



तर पछि उनले अर्को पोस्ट गर्दै यस्तो आफूले कहिल्यै नगर्ने भनेर स्पस्ट पारेका छन्। उनले लेखेका छन्, 'म युक्रेनको नीतिको जतिसुकै विरुद्धमा भए पनि त्यहाँ स्टारलिङ्कको टर्मिनल कहिल्यै बन्द गर्ने छैन। म स्टारलिङ्क इन्टरनेटलाई मोलमोलाईको रूपमा प्रयोग गर्दिनँ।'

पोल्याण्डका विदेशमन्त्री राडोस्लाव सिकोर्स्कीले पोल्याण्डले युक्रेनको स्टारलिङ्कलाई वार्षिक ५ करोड डलर दिने बताएका थिए। उनले भने, 'युद्ध पीडितलाई धम्की दिनु र तर्साउनु एउटा कुरा हो तर यदि SpaceX अब इन्टरनेट प्रदायकको रूपमा भरपर्दो रहेन भने हामीले विकल्पहरू खोज्नुपर्छ।'

जवाफमा मस्कले भने, 'चुप लाग्नुस्, सानो मान्छे। तपाईंले स्टारलिङ्कको लागतको सानो अंश मात्र तिर्नुहुन्छ। जे भए पनि स्टारलिङ्कको विकल्प छैन।'

स्टारलिङ्कले लो-अर्थ अर्बिट मा उपग्रहहरूको नेटवर्क सञ्चालन गर्दछ। यसमार्फत धेरै देशहरूमा अन्तरिक्ष-आधारित ब्रॉडब्यान्ड कनेक्टिभिटी प्रदान गर्दछ। कम्पनीले विश्वको जुनसुकै ठाउँमा पनि स्याटेलाइटबाट स्मार्टफोनमा सिधैँ इन्टरनेट सेवा प्रदान गर्न सक्छ।

सामान्यतया इन्टरनेट उपग्रहहरू पृथ्वीबाट ३६ हजार किलोमिटरको दूरीमा परिक्रमा गर्छन्, तर मस्कको स्टारलिंक उपग्रहहरू पृथ्वीबाट ५५० किलोमिटरको दूरीमा परिक्रमा गर्छन्।

सामान्य स्याटेलाइट इन्टरनेट विलम्बता ६०० मिलिसेकेन्ड वा ०.६ सेकेन्ड हुन्छ। साथै स्टारलिङ्क स्याटेलाइटबाट इन्टरनेटको विलम्बता २० मिलिसेकेन्ड ०.०२ सेकेन्ड छ। यसको अर्थ पृथ्वीबाट कुनै पनि डेटा उपग्रहमा यात्रा गर्न र उपग्रहबाट फर्कन ०.०२ सेकेन्ड लाग्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...