मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग भन्दा रुससँग शान्ति सम्झौता गर्न सजिलो भएको बताए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग भन्दा रुससँग शान्ति सम्झौता गर्न सजिलो भएको बताए

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग भन्दा रुससँग शान्ति सम्झौता गर्न सजिलो भएको बताएका छन्। शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले रुसी राष्ट्रपति पुटिनमाथि विश्वास भएको उल्लेख गरेका छन्।


उनले पुटिन युद्ध अन्त्य गर्न चाहने कुरामा आफूहरु विश्वस्त रहेको जनाए।

ट्रम्पले युक्रेनसँग व्यवहार गर्न गाह्रो हुँदै गइरहेको बताए। युक्रेनसँग धेरै विकल्पहरू नभएको बताउँदै उनले भने, 'युद्ध सकेसम्म चाँडो अन्त्य होस् भन्ने उद्देश्यले हामीले युक्रेनमाथि थप दबाब दिइरहेका छौं।'



अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध रोक्न काम गर्ने कुरा निरन्तर बताउँदै आएका छन्। यस महिनाको सुरुमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पको ह्वाइटहाउसमा भेटवार्ता भएको थियो।

ओभल अफिसमा भएको उक्त भेटमा जेलेन्स्की र ट्रम्पबीच विवाद सिर्जना भएको थियो। मिडियाकै अगाडि दुई जनाबीच चर्को बहस भएर वार्ता सफल हुन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकाको कोलोराडो राज्यबाट आइतबार १ सय १४ जना गैरआप्रवासी एकै पटक पक्राउ परेका छन् । स्थानीय समयअनुसार आइतबार बिहान कोलोराडोको मुख्य सहर डेनभरबाट करिब ७० माइल दक्षिणमा पर्ने कोलोरोडो स्प्रिङ्सको एक भूमिगत नाइट क्लबमा छापा मार्ने क्रममा ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन (डिईए)को टोलीले एकै पटक १ सय १४ जना कागजातविहिनलाई पक्राउ गरेको हो । अमेरिकी संचारमाध्यम युएसए ...
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...