मुख्य समाचार
सिरियामा हिंसाका कारण २ दिनमा हजार बढीको मृत्यु
सिरियामा हिंसाका कारण २ दिनमा हजार बढीको मृत्यु

सिरियाको लताकिया र टार्टसमा सेना र पूर्व राष्ट्रपति बसर अल-असदका समर्थकहरूबीच विगत केही दिनदेखि झडप भइरहेको छ। यस हिंसाका कारण २ दिनमा १ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको सञ्चारमाध्यमहरुमा उल्लेख छ।


यो मृत्युको संख्या २०११ मा भएको सिरियाली गृहयुद्ध पछिको सबैभन्दा उच्च भएको सिरियामा भइरहेको युद्धको निगरानी गर्ने संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको हो।

संस्थाका अनुसार पछिल्ला दुई दिनमा सुरक्षा बलले अलाविट मुस्लिम समुदायका ७४५ भन्दा बढी मानिसहरूलाई मारेको छ। तीमध्ये धेरैजसोलाई झुण्ड्याएर मारिएको जनाइएको छ। यसबाहेक १४८ जना असद समर्थक लडाकुहरू पनि मारिएका छन्। साथै यस हिंसामा १२५ सुरक्षाकर्मीको पनि मृत्यु भएको छ।



गत वर्ष डिसेम्बरमा भएको विद्रोहपछि बसर देश छोडेर रुस गएका थिए। यसपछि सिरियामा लडाकू संगठन हयात तहरीर अल-शाम (HTS) ले सत्ता आफ्नो हातमा लिएको थियो।

सिरियाली सरकारले असदप्रति वफादार लडाकुहरूले सुरक्षा बलमाथि आक्रमण गरेपछि हिंसा भड्किएको आरोप लगाएको छ। असदका लडाकुहरूले सुरक्षा बलमाथि आवासीय क्षेत्रहरूमा बमबारी गरेको आरोप लगाएका छन्।

रिपोर्टका अनुसार सुरक्षा बलले एक व्यक्तिलाई पक्राउ गर्न खोज्दा झडप सुरु भएको थियो। यसपछि सरकारले लताकिया र टार्टसमा ठूलो संख्यामा सेना तैनाथ गरेको छ। साथै कर्फ्यू लगाउने आदेश पनि दिइएको छ।

लताकिया र टार्टस प्रान्तमा भएको हिंसाले अबु मोहम्मद अल-जुलानीको नेतृत्वमा रहेको सरकारलाई चुनौती दिएको छ। यी क्षेत्रहरू पूर्व राष्ट्रपति बसर अल-असदप्रति वफादार रहेका अलावाइट समुदायको गढ हुन्। गत वर्ष डिसेम्बरमा बसर अल-असदलाई सत्ताबाट हटाइएपछि सिरियामा भएको यो सबैभन्दा हिंसात्मक भिडन्त हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...