मुख्य समाचार
नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२५ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक
नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२५ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक

: नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२५ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।


शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले सन २०२५ मा नेपाली राष्ट्रिय पुरुष तथा महिलाका साथै उमेर समूहमा हुने क्रिकेट तालिका सार्वजनिक गरेको हो। यस वर्ष नेपालको ध्यान विश्वकप छनोटका लागि केन्द्रित हुने क्यान सचिव पारस खड्काले बताए।

नेपाली टोलीले अप्रिलमा हङकङ सिरिज, मेमा युके भ्रमण गर्दै जुनमा आइसिसी विश्वकप लिग–२ खेल्नेछ।



त्यस्तै टी–२० विश्वकप छनोटको तयारी श्रीलंकामा हुने सचिव खड्काले बताक्कए। त्यस्तै अक्टोबरमा ओमानमा नेपालले विश्वकप छनोट खेल्ने छ। नोभेम्बरमा यूएईमा विश्वकप लिग–२ खेल्नेछ। यसैगरी महिला क्रिकेट टोलीले अप्रिल महिनामा भुटानसँग टी २० सिरिज खेल्ने क्यान सचिव खड्काले बताए।

त्यस्तै घरेलुतर्फ नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण नोभेम्बरमा हुने क्यानले जनाएको छ भने प्रधानमन्त्री कप क्रिकेट मार्चमा हुने भएको छ। क्यान सचिव खड्काले नेपाली क्रिकेट खेलाडीको ग्रेडिङ छिटै सार्वजनिक गर्ने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...