मुख्य समाचार
आफ्ना नागरिकलाई भारत-पाकिस्तान सीमा वरिपरि यात्रा नगर्न अमेरिकाको आग्रह
आफ्ना नागरिकलाई भारत-पाकिस्तान सीमा वरिपरि यात्रा नगर्न अमेरिकाको आग्रह

: अमेरिकाले आफ्ना नागरिकहरूका लागि एडबाइजरी जारी गरेको छ। यसमा अमेरिकी नागरिलाई भारत-पाकिस्तान नियन्त्रण सीमा वारिपरि यात्रा नगर्न आग्रह गरिएको छ।


एडबाइजरीमा पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको यात्रा पनि निषेध गरिएको छ। यी क्षेत्रहरूमा आतंकवाद र सशस्त्र द्वन्द्वको सम्भावना रहेकोले उक्त एडवाइजरी जारी गरिएको जनाइएको छ।

एडवाइजरीमा भनिएको छ, 'पाकिस्तानमा हिंस्रक अतिवादी समूहहरूले आक्रमण गरिरहेका छन्। बलुचिस्तान प्रान्त र खैबर पख्तुनख्वामा आतंकवादी आक्रमणहरू भइरहेका छन्। पूर्व संघीय प्रशासित आदिवासी क्षेत्रहरूमा आक्रमण भइरहेको छ। जसलाई FATA वा संघीय प्रशासित आदिवासी क्षेत्रहरू पनि भनिन्छ। यहाँ धेरै आतंकवादी आक्रमणमा धेरैको ज्यान गएको छ।'



अतिवादीहरूले स्थानीय सैन्य र प्रहरी अड्डाहरूमा पनि आक्रमण गरेको जनाइएको छ।

आतंककारीहरूले यातायात केन्द्र, बजार, शपिङ मल, सैन्य प्रतिष्ठान, विमानस्थल, विश्वविद्यालय, पर्यटकीय स्थल, विद्यालय, अस्पताल, धार्मिक स्थलमा चेतावनी बिना नै आक्रमण गरिरहेको जनाइएको छ।

विगतमा उनीहरूले अमेरिकी कूटनीतिज्ञ र दूतावासलाई लक्षित गरी आक्रमण गरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...