मुख्य समाचार
वुमन्स डे कप २०२५ अन्तर्गतको दोस्रो खेलमा नेपालले युगान्डालाई १ विकेटले पराजित
वुमन्स डे कप २०२५ अन्तर्गतको दोस्रो खेलमा नेपालले युगान्डालाई १ विकेटले पराजित

: वुमन्स डे कप २०२५ अन्तर्गतको दोस्रो खेलमा नेपालले युगान्डालाई १ विकेटले पराजित गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा युगान्डालाई ७५ रनमा सीमित गरेको थियो।


युगान्डाले दिएको ७६ रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि डेब्युटेन्ट साना प्रविनले सर्वाधिक १७ रन बनाइन्। ओपनर सम्झना खड्का ८ रनमा रन आउट भइन्। कप्तान इन्दु बर्मा ९ रन, पूजा महतोले १६ रन बनाइन्। रुबिना क्षेत्री ९ बलमा १० रन बनाउँदै रन आउट भइन्।

अन्तिम ओभरमा ६ रन चाँहिदा ईश्वरी विष्ट र रिया शर्माले अविजित रहँदै पूरा गरे। ईश्वरी विष्ट ३ रन र रिया शर्मा ४ रनमा अविजित रहिन्। युगान्डाका लागि जनेत बाबाजीले सर्वाधिक ३ विकेट लिइन्। सारा वालाजाले २ विकेट लिइन्। त्यसअघि ब्याटिङ गरेको घरेलु टिम युगान्डाका लागि ओपनर इमाकुलेट नाकिसुयीले सर्वाधिक २२ रन बनाइन्।



मालिसा आरिओकोटले ११ रन, स्टेफेन नाम्फिनाले १४ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि पूजा महतोले सर्वाधिक ३ विकेट लिइन्। कप्तान इन्दु बर्माले २ विकेट लिइन्। पहिलो खेलमा नेपाल नामिबीयासँग डकवर्थ लेविसमा ६ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...