मुख्य समाचार
प्रधानमन्त्री कपमा बागमती प्रदेशलाई १०० रनले हराउँदै एपीएफले विजयी सुरुवात
प्रधानमन्त्री कपमा बागमती प्रदेशलाई १०० रनले हराउँदै एपीएफले विजयी सुरुवात

: प्रधानमन्त्री कपमा बागमती प्रदेशलाई १०० रनले हराउँदै एपीएफले विजयी सुरुवात गरेको छ। भैरहवाको एक्स्ट्राटेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४४ ओभरमा १७४ रन बनाउँदै अलआउट भएको थियो।


एपिएफले दिएको १७५ रनको लक्ष्य पछ्याएको बागमती २८.२ ओभरमा ७४ रन बनाउँदै अलआउट भएको हो। बागमतीका लागि शुभ कंसाकरले मात्रै दोहोरो अंकमा रन बनाए। शुभले २४ बलमा २ चौकासहित १६ रन बनाए। इशान पाण्डेले २९ बलमा ८ रन बनाए। कप्तान पृथु बास्कोटा १ रनम्र क्याच आउट भए। नन्दन यादवले ९ रन बनाए। एपिएफका लागि कमल सिंह ऐरीको बलिङ निकै घातक सावित भयो। एपिएफको मध्यम लक्ष्य जोगाउन मद्दत गर्‍यो।

कप्तान रोहित पौडेल र अमर सिंह रौतेलाले समान २–२ विकेट लिए। अभिनास बोहोराले १ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ३७ रन बनाए। एपीएफका ओपनर ब्याटर लोकेश बम डक आउट र अर्का ओपनर आसिफ शेख १ रन बनाउँदै पेभेलियन फर्किए। कप्तान रोहित पौडेलको ब्याटबाट पनि दोहोरो अंकमा रन बन्न सकेन।



तेस्रो क्रमका ब्याटर दिपक बोहोराले ४५ बलमा १ चौकासहित २५ रन बनाए। त्यसपछि समित महर्जन, भुवन कार्की दुवै सस्तैमा समेटिए। कमल सिंह ऐरीले ६१ बलमा १५ रन बनाए। अमर रौतेलाले ४३ बलमा ३ चौका सहित २६ रनमा अविजित रहे। अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बागमतीका रिजन ढकालको उत्कृष्ट स्पेलले एपिएफ सस्तैमा अलआउट बनाएका थिए। रिजनले ८ ओभरमा २ मेडनसहित ३० रन खर्चिएर ५ विकेट लिएका हुन्। नन्दन यादवले ३ विकेट लिए। सुर्य तामाङले २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...