मुख्य समाचार
प्रधानमन्त्री कपमा बागमती प्रदेशलाई १०० रनले हराउँदै एपीएफले विजयी सुरुवात
प्रधानमन्त्री कपमा बागमती प्रदेशलाई १०० रनले हराउँदै एपीएफले विजयी सुरुवात

: प्रधानमन्त्री कपमा बागमती प्रदेशलाई १०० रनले हराउँदै एपीएफले विजयी सुरुवात गरेको छ। भैरहवाको एक्स्ट्राटेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४४ ओभरमा १७४ रन बनाउँदै अलआउट भएको थियो।


एपिएफले दिएको १७५ रनको लक्ष्य पछ्याएको बागमती २८.२ ओभरमा ७४ रन बनाउँदै अलआउट भएको हो। बागमतीका लागि शुभ कंसाकरले मात्रै दोहोरो अंकमा रन बनाए। शुभले २४ बलमा २ चौकासहित १६ रन बनाए। इशान पाण्डेले २९ बलमा ८ रन बनाए। कप्तान पृथु बास्कोटा १ रनम्र क्याच आउट भए। नन्दन यादवले ९ रन बनाए। एपिएफका लागि कमल सिंह ऐरीको बलिङ निकै घातक सावित भयो। एपिएफको मध्यम लक्ष्य जोगाउन मद्दत गर्‍यो।

कप्तान रोहित पौडेल र अमर सिंह रौतेलाले समान २–२ विकेट लिए। अभिनास बोहोराले १ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ३७ रन बनाए। एपीएफका ओपनर ब्याटर लोकेश बम डक आउट र अर्का ओपनर आसिफ शेख १ रन बनाउँदै पेभेलियन फर्किए। कप्तान रोहित पौडेलको ब्याटबाट पनि दोहोरो अंकमा रन बन्न सकेन।



तेस्रो क्रमका ब्याटर दिपक बोहोराले ४५ बलमा १ चौकासहित २५ रन बनाए। त्यसपछि समित महर्जन, भुवन कार्की दुवै सस्तैमा समेटिए। कमल सिंह ऐरीले ६१ बलमा १५ रन बनाए। अमर रौतेलाले ४३ बलमा ३ चौका सहित २६ रनमा अविजित रहे। अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बागमतीका रिजन ढकालको उत्कृष्ट स्पेलले एपिएफ सस्तैमा अलआउट बनाएका थिए। रिजनले ८ ओभरमा २ मेडनसहित ३० रन खर्चिएर ५ विकेट लिएका हुन्। नन्दन यादवले ३ विकेट लिए। सुर्य तामाङले २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...