मुख्य समाचार
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ४ स्थार सुधार गर्दै ९९औं स्थानमा
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ४ स्थार सुधार गर्दै ९९औं स्थानमा

। फिफा महिला वरियतामा नेपालको चार स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ४ स्थार सुधार गर्दै ९९औं स्थानमा उक्लिएको छ ।

यसअघि १०३औं वरियतामा रहेको नेपाल यसअघिको अंकबाट ३.६२ अंक बढाउँदै नयाँ वरियतामा ९९औं स्थानमा उक्लिएको हो। एसियाली राष्ट्रहरुमध्ये नेपाल १९औं स्थानमा छ ।

नेपालले गत फेब्रुअरीमा घरेलु मैदानमा चारदेशीय फुटबल प्रतियोगिता खेलेको थियो जहाँ लेबनान र कीर्गिस्तानलाई हराउँदा म्यानमारसँग एक खेल बराबरी गरेको थियो भने फाइनलमा म्यानमारसँग पराजित भएको थियो ।

फिफा वरियताको शीर्ष स्थानमा अमेरिकी टोली यथावत् रहँदा स्पेन दोस्रो, जर्मनी तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा यथावत् छन् । एसियाली राष्ट्र जापान ३ स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ ।

पुरूषतर्फको वरियतामा भने नेपाल १७५औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ
। केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो । रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् । नेपाल हालसम्म खेलेका ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...