मुख्य समाचार
नेपाली महिला टिममा हाल नयाँ अनुहारहरूको परीक्षण
नेपाली महिला टिममा हाल नयाँ अनुहारहरूको परीक्षण

: नेपाली महिला क्रिकेट टिम वुमन्स डे कप २०२५ खेल्न तर्फ प्रस्थान गरिसकेको छ। नेपाली महिला टिममा हाल नयाँ अनुहारहरूको परीक्षण भइरहेको छ।


यू१९ टिम र घरेलु क्रिकेटतर्फ राम्रो गरिरहेका क्रिकेटरलाई हाल टिममा मौका दिइएको छ। साना प्रविन मधेश प्रदेशबाट घरेलु क्रिकेटमा नाम बनाएकी ब्याटर हुन्। उनी प्रधानमन्त्री कप, तथा ललितपुर मेयर कपमा पनि राम्रो प्रदर्शन गरिरहेकी खेलाडी हुन्। त्यस्तै रिया शर्मा पनि कोशी प्रदेशबाट प्रधानमन्त्री कप र यू१९ टिमकी प्रमुख बलर हुन्।

साना प्रविन



विरगञ्जमा जन्मिएकी साना यू १९ टिमकी ओपनर ब्याटरको रुपमा टिमसँग रहेकी थिइन्। उनी मधेश प्रदेशबाट खेल्दा कति खेलमा म्याच विनर बन्ने खेलाडी हुन्। उनी टिमलाई चाहिएको जसरी प्रदर्शन देखाउन सक्ने खेलाडी हुन्। इनिङ्स विल्ड गर्दै टिमलाई लिएर जाने क्षमता सानामा छ।

उनले २०२२ को विश्वकप छनोटदेखि हाल एसिया कप र यू१९ विश्वकप खेलिसकेकी छिन्। उनले सोही अनुभव र क्षमताले नेपाली सिनियर टिममा पनि राम्रो प्रभाव छोड्न सक्छिन्।

रिया शर्मा

त्यस्तै, रिया शर्मा कोशी प्रदेशको उत्पादन हुन्। उनी दायाँ हाते लेग ब्रेक स्पिनर हुन्। रियाले हाल सिनियर टिममा पहिलो पटक मौका बनाएकी हुन्।

प्रधानमन्त्री कपमा कोशी प्रदेशका लागि प्रदर्शन गर्ने यी बलरले यू१९ टिममा मौका बनाएकी हुन्। उनले यू१९ एसिया कप र यू१९ विश्वकप खेलिन्।

उनले बन्द प्रशिक्षणमा पनि अन्य बलर भन्दा राम्रो प्रदर्शन गर्दै अन्तिम १४ मा स्थान बनाएकी हुन्।

प्रदर्शनमा सुधारको अपेक्षा

हाल टिममा सिनयर र जुनियर खेलाडीको समिश्रण रहेको छ। सिनियर खेलाडी सीता राना मगर र कविता कुँवर चोटका कारण बाहिर रहँदा हाल टिममा आधा सिनियर खेलाडी र आधा जुनियर खेलाडीको समिश्रण रहेको छ।

नेपालले गत महिनामात्रै त्रिदेशीय सिरिज खेलेको थियो। जसका कारण नेपालले सुधार गर्नु पर्ने पक्षहरुमा राम्रो तयारी गरेको युगान्डा जानु अघि कप्तान र प्रशिक्षकले बताए।

विशेष गरि पछिल्लो २ वर्ष यता नेपाली महिला टिमको फिटनेसमा धेरै प्रश्नहरु उठिरहेका थिए। त्यसका लागि क्यानले भारतीय फिटनेस ट्रेनर मोनिकालाई टिममा ल्याएको छ। हाल टिममा फिटनेस र फिल्डिङमा सुधार भएको कप्तान इन्दु बर्माले बताइन्। ‘हाम्रो फिटनेस र फिल्डिङमा सुधार भएको छ। हामी यस पटक अघिल्लो सिरिज भन्दा राम्रो गर्नेछौं र जितेर फर्कने छौं।’

त्यस्तै, प्रशिक्षक मनोज कटुवालले पनि टिममा युवा खेलाडी थपिँदा प्रतियोगिता जितेर फकर्ने विश्वास व्यक्त गरे, ‘यस पटक टिममा युवा खेलाडीहरु पनि आएका छन्। फिटनेस ट्रेनर पनि आउनु भएको छ। जसले गर्दा हामी प्रतियोगिता जितेर फकर्ने अपेक्षा छ।’ कटुवालले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...