मुख्य समाचार
च्याम्पियन्स ट्रफीमा उत्कृष्ट प्रदर्शनपश्चात अफगानस्तानका अलराउन्डर अजमतुल्लाह ओमराजाइ एकदिवसीय अन्तर्राष्ट्रियको शीर्ष स्थानमा
च्याम्पियन्स ट्रफीमा उत्कृष्ट प्रदर्शनपश्चात अफगानस्तानका अलराउन्डर अजमतुल्लाह ओमराजाइ एकदिवसीय अन्तर्राष्ट्रियको शीर्ष स्थानमा

: च्याम्पियन्स ट्रफीमा उत्कृष्ट प्रदर्शनपश्चात अफगानस्तानका अलराउन्डर अजमतुल्लाह ओमराजाइ एकदिवसीय अन्तर्राष्ट्रियको शीर्ष स्थानमा उक्लिएका छन्।



आइसीसीले बुधबार सार्वजनिक गरेको एकदिवसीय पुरुष खेलाडी वरियतामा उनी २ स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएका हुन्।


अफगानस्तान च्याम्पियन्स ट्रफीको सेमिफाइनल प्रवेश नगरे तापनि ओमराजाइले भने शीर्षमा छलाङ मारेका हुन्। उनले अफगानस्तानकै मोहम्मद नाबीलाई पछि पार्दै शीर्षमा उक्लिएका छन्। दोस्रो स्थानमा मोहम्मद नाबी र तेस्रो स्थानमा जिम्बावेका सिकन्दर राजा रहेका छन्।

उनले ३ खेलमा ७ विकेट लिएका छन्। जसमा इङ्लयन्डसँग म्याच विनिङ ५ विकेट सामेल गरिएको छ। उनले ब्याटिङ तर्फ १२६ रन प्रहार गरेका हुन्।

अफगानस्तानको अन्तिम क्रमतर्फका ब्याटर उनले खेल फसिसकेको अवस्था राम्रो रन बनाएका थिए। उनले ब्याटिङ तर्फको वरियतामा पनि १२ स्थान सुधार गर्दै २४ औं स्थानमा उक्लिएका छन्।

ब्याटिङमा भारतका सुभ्मन गिल शीर्ष स्थानमा रहेका छन्। दोस्रो स्थानका पाकिस्तानका बाबर आजम र तेस्रो स्थानमा दक्षिण अफ्रिकाका हेनरिच क्यालसिन रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...