मुख्य समाचार
च्याम्पियन्स ट्रफीमा उत्कृष्ट प्रदर्शनपश्चात अफगानस्तानका अलराउन्डर अजमतुल्लाह ओमराजाइ एकदिवसीय अन्तर्राष्ट्रियको शीर्ष स्थानमा
च्याम्पियन्स ट्रफीमा उत्कृष्ट प्रदर्शनपश्चात अफगानस्तानका अलराउन्डर अजमतुल्लाह ओमराजाइ एकदिवसीय अन्तर्राष्ट्रियको शीर्ष स्थानमा

: च्याम्पियन्स ट्रफीमा उत्कृष्ट प्रदर्शनपश्चात अफगानस्तानका अलराउन्डर अजमतुल्लाह ओमराजाइ एकदिवसीय अन्तर्राष्ट्रियको शीर्ष स्थानमा उक्लिएका छन्।



आइसीसीले बुधबार सार्वजनिक गरेको एकदिवसीय पुरुष खेलाडी वरियतामा उनी २ स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएका हुन्।


अफगानस्तान च्याम्पियन्स ट्रफीको सेमिफाइनल प्रवेश नगरे तापनि ओमराजाइले भने शीर्षमा छलाङ मारेका हुन्। उनले अफगानस्तानकै मोहम्मद नाबीलाई पछि पार्दै शीर्षमा उक्लिएका छन्। दोस्रो स्थानमा मोहम्मद नाबी र तेस्रो स्थानमा जिम्बावेका सिकन्दर राजा रहेका छन्।

उनले ३ खेलमा ७ विकेट लिएका छन्। जसमा इङ्लयन्डसँग म्याच विनिङ ५ विकेट सामेल गरिएको छ। उनले ब्याटिङ तर्फ १२६ रन प्रहार गरेका हुन्।

अफगानस्तानको अन्तिम क्रमतर्फका ब्याटर उनले खेल फसिसकेको अवस्था राम्रो रन बनाएका थिए। उनले ब्याटिङ तर्फको वरियतामा पनि १२ स्थान सुधार गर्दै २४ औं स्थानमा उक्लिएका छन्।

ब्याटिङमा भारतका सुभ्मन गिल शीर्ष स्थानमा रहेका छन्। दोस्रो स्थानका पाकिस्तानका बाबर आजम र तेस्रो स्थानमा दक्षिण अफ्रिकाका हेनरिच क्यालसिन रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...