मुख्य समाचार
दोस्रो वीरगन्ज गोल्डकपको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने
दोस्रो वीरगन्ज गोल्डकपको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने

: दोस्रो वीरगन्ज गोल्डकपको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन्। बिहीबार भएको दोस्रो तथा अन्तिम क्वार्टरफाइनल खेलमा सलहेश फुटबल क्लब सिरहालाई हराउँदै मच्छिन्द्रले फाइनलमा प्रवेश गर्दै पुलिससँग उपाधि भिडन्त पक्का गरेको हो।


साविक विजेता पुलिस यसअघि नै पहिलो सेमिफाइनलमा घरेलु टोली वीरगन्ज युनाइटेड क्लबलाई सडन डेथमा स्तब्ध पार्दै फाइनलमा स्थान पक्का गरिसकेको छ। मच्छिन्द्र र पुलिस बीचको फाइनल खेल फागुन २४ मा हुनेछ। मच्छिन्द्रले यसै साता केपी ओली कप र मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप जितेको छ।

वीरगन्जको आदर्शनगर रंगशालामा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सलहेश फुटबल क्लब सिरहामाथि मच्छिन्द्रले ३–१ को सहज जित निकाल्यो। मच्छिन्द्रका लागि विदेशी खेलाडी स्टेफन जोलीले दुई र आदित्य शाक्यले एक गोल गरे। सिरहाका लागि सान्त्वना गोल विदेशी बेन इब्राहिमले गरे।



खेलको सुरुदेखि नै सिरहामाथि हाबी भएको मच्छिन्द्रले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो। खेलको १० औं मिनेटमै पहिलो गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका स्टेफनले त्यसको २ मिनेट नबित्दै आदित्य शाक्यको पासमा पुन अर्को गोल थपेका थिए।

खेलको ६५ औं मिनेटमा पुनः मच्छिन्द्रका आदित्य शाक्यले गोल गर्दै आफ्नो टिमलाई ३–० को अवस्थामा पुर्‍याएका थिए। निर्धारित ९० मिनेटको खेलपछि थपिएको ६ मिनेटको इन्जुरी समयको तेस्रो मिनेटमा भने सिरहाका बेन इब्राहिमले आफ्नो टिमका लागि सान्त्वना गोल गरे। दोस्रो हाफमा मच्छिन्द्र रक्षात्मक बनेपछि सिरहाका खेलाडीहरू आक्रामक बनेका थिए। तर मच्छिन्द्रको शसक्त रक्षापंक्तीका कारण सिरहाले आफूलाई खेलमा फर्काउन सकेन।

मच्छिन्द्रका लागि दुई गोल गरेका विदेशी खेलाडी स्टेफन जोली खेलको म्यान अफ दी म्याच घोषित भए। उनले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे। भेट्रान सिटी क्लब वीरगन्जले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल फागुन २४ गते हुने छ। प्रतियोगिताको उपाधि विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेता टिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...