मुख्य समाचार
दोस्रो वीरगन्ज गोल्डकपको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने
दोस्रो वीरगन्ज गोल्डकपको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने

: दोस्रो वीरगन्ज गोल्डकपको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन्। बिहीबार भएको दोस्रो तथा अन्तिम क्वार्टरफाइनल खेलमा सलहेश फुटबल क्लब सिरहालाई हराउँदै मच्छिन्द्रले फाइनलमा प्रवेश गर्दै पुलिससँग उपाधि भिडन्त पक्का गरेको हो।


साविक विजेता पुलिस यसअघि नै पहिलो सेमिफाइनलमा घरेलु टोली वीरगन्ज युनाइटेड क्लबलाई सडन डेथमा स्तब्ध पार्दै फाइनलमा स्थान पक्का गरिसकेको छ। मच्छिन्द्र र पुलिस बीचको फाइनल खेल फागुन २४ मा हुनेछ। मच्छिन्द्रले यसै साता केपी ओली कप र मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप जितेको छ।

वीरगन्जको आदर्शनगर रंगशालामा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सलहेश फुटबल क्लब सिरहामाथि मच्छिन्द्रले ३–१ को सहज जित निकाल्यो। मच्छिन्द्रका लागि विदेशी खेलाडी स्टेफन जोलीले दुई र आदित्य शाक्यले एक गोल गरे। सिरहाका लागि सान्त्वना गोल विदेशी बेन इब्राहिमले गरे।



खेलको सुरुदेखि नै सिरहामाथि हाबी भएको मच्छिन्द्रले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो। खेलको १० औं मिनेटमै पहिलो गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका स्टेफनले त्यसको २ मिनेट नबित्दै आदित्य शाक्यको पासमा पुन अर्को गोल थपेका थिए।

खेलको ६५ औं मिनेटमा पुनः मच्छिन्द्रका आदित्य शाक्यले गोल गर्दै आफ्नो टिमलाई ३–० को अवस्थामा पुर्‍याएका थिए। निर्धारित ९० मिनेटको खेलपछि थपिएको ६ मिनेटको इन्जुरी समयको तेस्रो मिनेटमा भने सिरहाका बेन इब्राहिमले आफ्नो टिमका लागि सान्त्वना गोल गरे। दोस्रो हाफमा मच्छिन्द्र रक्षात्मक बनेपछि सिरहाका खेलाडीहरू आक्रामक बनेका थिए। तर मच्छिन्द्रको शसक्त रक्षापंक्तीका कारण सिरहाले आफूलाई खेलमा फर्काउन सकेन।

मच्छिन्द्रका लागि दुई गोल गरेका विदेशी खेलाडी स्टेफन जोली खेलको म्यान अफ दी म्याच घोषित भए। उनले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे। भेट्रान सिटी क्लब वीरगन्जले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल फागुन २४ गते हुने छ। प्रतियोगिताको उपाधि विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेता टिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...