मुख्य समाचार
आप्रवासीप्रति अझै कडा हुने ट्रम्पको घोषणा
आप्रवासीप्रति अझै कडा हुने ट्रम्पको घोषणा

: अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले द युनाइटेड स्टेट्स कंग्रेसमा मंगलबार सम्बोधन गरेका छन्। राष्ट्रपतिमा आफ्नो दोस्रो कार्यकाल सुरु भएपछिको ४४औं दिनमा पहिलो पटक द यूएस हाउस अफ रिप्रिजेन्टेटिभ्स र द यूएस सिनेटको संयुक्त बैठकलाई राष्ट्रपति ट्रम्पले सम्बोधन गरेका हुन्।


त्यस क्रममा राष्ट्रपति ट्रम्पले आफूले गरेका कार्यकारी आदेशको आवश्यकता र आफू नेतृत्वको प्रशासनले गरेको कामको प्रशंसा गरे। झन्डै १ घण्टा ४० मिनेट सम्बोधन गरेका ट्रम्पले आफ्नो सम्बोधनको धेरै समय आफूभन्दा अघिका राष्ट्रपति जोसेफ आर बाइडेन र उनको प्रशासनले गलत नीति लिएको र त्यो समयमा अमेरिका खराब स्थितिबाट गुज्रिएको आरोप लगाए।

आफू आइसकेपछि अमेरिका सही लयमा फर्किएको दाबी सहितको धारणा राखे। उनले कार्यकारी आदेशमार्फत आवश्यकतामा मागहरू पूरा गरिएको बताउँदै यस्ता कार्यकारी आदेशहरू आइरहने बताए। उनले मंगलबार सम्बोधनको क्रममा पनि कार्यकारी आदेशमा हस्ताक्षर गरे।



राष्ट्रपति ट्रम्पको सम्बोधनको क्रममा अमेरिका भित्रको वस्तुस्थितिलाई बढी जोड दिइएको थियो। उनले अवैध आप्रवासीलाई नियन्त्रण गर्न चालिएका कदम प्रभावकारी भएको र आगामी दिनमा अवैध आप्रवासीप्रति अझ कडाइ गरिने दोहो¥याए।

गोल्डन भिसा कार्यक्रममार्फत रोजगारी सिर्जना गर्ने र अमेरिकालाई कर तिर्नेहरूलाई अमेरिका भित्राइने बताए। अमेरिका भित्र अब पुरुष र महिला मात्र हुने कुरामा जोड दिँदै उनले अमेरिकामा अंग्रेजीलाई राष्ट्रिय भाषा घोषणा, गल्फ अफ अमेरिका नामकरण, डेनाली हिल घोषणा, पानामा क्यानलमा अमेरिकी स्वामित्वको माग, क्यानडा,मेक्सिको र चिनवाट भित्रने सामानमा करको वृद्धि सबै अमेरिका पहिलो नीतिअन्तर्गत भएको बताए।
राष्ट्रपति ट्रम्पले वैदेशिक सहायता कटौती, कर्मचारी कटौती, स्वेच्छिक अवकाशको व्यवस्था जस्ता प्रावधान अमेरिकालाई बलियो बनाउने नीतिका रूपमा रहेको दाबी गरे।

आफ्ना सहयोगी एलन मस्कदेखि विदेश मन्त्री मार्को रुबियोसहित आफ्ना प्रशासनका मन्त्रीदेखि विभागीय प्रमुखहरू सहितको प्रशंसा गर्दै सम्बोधन गरेका राष्ट्रपति ट्रम्पले अमेरिकालाई सुरक्षित र समृद्ध बनाउनका लागि आफ्नो प्रशासनले ४३ दिनमै अरूले चार वर्ष वा आठ वर्ष लगाएर गर्ने कामहरू गरेको दाबी गरे। उनले भने–इट्स जस्ट विगन, अमेरिका इज ब्याक।’ अमेरिका गोल्डेन एजमा प्रवेश गरेको बताए।

अमेरिकामा आफू आउनुभन्दा अघि मुद्रास्फीति उच्च बिन्दुमा रहेको देखि अन्डाको मूल्य समेत बढेको सम्मको विषय उठाएका राष्ट्रपति ट्रम्पले गाजामा भैरहेको युद्ध अन्त्यदेखि युक्रेन रूस युद्ध अन्त्यका लागि प्रभावकारी पहल भएको बताए। उनले अमेरिकाले युद्ध अन्त्यका लागि पहल गर्नुको साटो अनावश्यक सहयोग गरेको बताउँदै युक्रेन अब शान्ति वार्तामार्फत सहमतिका लागि तयार देखिएको बताए। युक्रेनका राष्ट्रपति भोलोडिमियर जेलेन्स्कीले पत्र पठाएर सहमतिका लागि छिट्टै अमेरिका आउन लागेको बताएको कंग्रेसलाई जानकारी गराएका थिए। गत हप्ता जेलेन्स्की र ट्रम्पबीचको अमेरिकामा भएको वार्ता असहज बनेको केही घण्टामैं युक्रेनलाई यूके, फ्रान्स, जर्मनीलगायत युरोपियन युनियनले सहायता रकम बढाएका थिए। अमेरिकाले सहायता रकम रोकेको थियो। अमेरिका युक्रेनलाई सहयोग गर्ने एकल देशमध्ये पहिलो हो। अमेरिकाले युक्रेनको खनिजमा पहुँच मागिरहेको छ।

पछिल्लो बाइडेन प्रशासनले गलत नीति अंगालेको र आफ्नो प्रशासनले गरिरहेको काम र योजना सही दिशामा अघि बढिरहेको पक्षलाई पुष्टि गर्न आधार, आवश्यकता र तथ्यांक प्रस्तुत गरेका थिए। तर, उनले प्रस्तुत गरेको दाबी र तथ्यांकलाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले फ्याक्ट चेक गरिरहेका छन्। कतिपय तथ्यांक स्वतन्त्र पुष्टि गर्न नसकिने खालका रहेको सञ्चारमाध्यमहरूले बताएका छन्।

राष्ट्रपति ट्रम्पले कंग्रेसमा सम्बोधन गरिरहँदा रिपब्लिकन पार्टीका सिनेटर र हाउस अफ रिप्रिजेन्टेटिभ्सहरूले समर्थनमा ताली बजाएका थिए। बेला–बेला उठेर साथ दिएका थिए। दुवै सदनमा रिपब्लिकनको बहुमत रहेको छ। राष्ट्रपति ट्रम्पले सम्बोधनका क्रममा विभिन्न मुद्दामा बोल्दै डेमोक्रेटिक नेता र सांसदहरूलाई अपमानित गरेका थिए।

डेमोक्रेटिक पार्टीका सिनेटर र हाउस अफ रिप्रिजेन्टेटिभ्सहरूले सुनिरहेका थिए भने कतिपयले रेसिस्ट लेखेको टिसर्ट लगाएका थिए। कतिपयले युक्रेनको समर्थनमा नीलो र पहेंलो टाई लगाएर मौन बसेका थिए। कतिपयले महिला र परिवारका मुद्दामा अनादार देखिएको भन्दै विरोध स्वरूप गुलावी टिसर्ट लगाएका थिए। केही डेमोक्रेट सिनेटर र हाउस अफ रिप्रिजेन्टेटिभ्स सम्बोधनकै क्रममा बाहिरिएका थिए।

ट्रम्पको पहिलो कार्यकालमा नैं उनलाई महाअभियोग लगाउनुपर्नेे पक्षमा उभिएका टेक्ससबाट हाउसमा प्रतिनिधित्व गर्ने डेमोक्रेटिक पार्टीका हाउस अफ रिप्रिजेन्टेटिभ्स अल ग्रिनले मंगलबार पनि विरोध गरेका थिए। उनलाई कंग्रेस च्याम्बरबाट निकालिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...