मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले हमासलाई अन्तिम चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले हमासलाई अन्तिम चेतावनी

: युक्रेनसँगको सम्बन्ध चिसिएको अवस्थाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले हमासलाई अन्तिम चेतावनी दिएका छन्। उनले बन्धक गराइएकाहरूलाई बिना शर्त रिहा गर्न हमासलाई चेतावनी दिएका हुन्। गाजालाई स्वतन्त्र बनाउने लडाइँ अन्तिम चरणमा पुगेको बताउँदै यसका लागि इजरायललाई आवश्यक पर्ने सबै खालको सहयोगको प्रबन्ध गरिएको समेत राष्ट्रपति ट्रम्पले बताए। गाजा छाड्नका लागि यो अन्तिम समय हो, हमासलाई चेतावनी दिँदै ट्रम्पले भनेका छन्।


हमासबाट बन्धक बनाइएका मध्ये रिहा भएका ८ जनासँगको भेटपछि ट्रम्पले सबै बन्धकको रिहाइ र मारिएकाहरूको शव फिर्ता गर्न हमासलाई चेतावनी दिँदै अन्यथा परिणाम सही नहुने स्पष्ट धारणा दिएका छन्।

हमासलाई चेतावनी दिनुअघि अमेरिकाले आन्तरिक रूपमा मध्यपूर्वमा रहेका सहयोगी देशहरूसँग छलफलसमेत गरेको स्रोतलाई हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।



बन्धक बनाइएका सबैलाई अहिले नै रिहा गर्नुहोस्, पछि होइन, तपाईंले हत्या गरेका मानिसहरूको शवहरू तुरुन्त फिर्ता गर्नुहोस्, इजरायलाई आफ्नो काम पूरा आवश्यक पर्ने सबै कुरा पठाउँदै छु। यदि तपाईंले मैले भनेजस्तो गर्नुभएन भने एकजना सदस्य पनि सुरक्षित हुनुहुने छैन। हमासलाई चेतावली दिँदै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमार्फत भनेका छन्।

तर, हमासले भने प्रतिक्रियामा प्यालेस्टानियन कैदी बन्धकहरूको बदलामा इजरायलका बन्धकहरूलाई मात्र छाडिने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। जनवरी १९ मा अमेरिकाको पहलमा इजिप्ट र कतारको मध्यस्थतामा गाजामा अस्थायी रूपमा युद्धविराम भएको छ। ट्रम्पको पछिल्लो धारणाले इजरायललाई स्थायी युद्धविरामका लागि तयार नहुनका लागि प्रोत्साहित गराएको पनि हमासले आरोप लगाएको छ। गाजालाई लिएर प्यालेस्टाइन र इजरायलबीच युद्ध हुँदै आएको छ। हमासले प्यालेस्टाइनलाई सहयोग गरिरहेको छ। हमास आफ्नै लडाकु रहेको संगठन हो।

यता, युक्रेनलाई सैन्य सहायता, सहयोगसँगै गुप्तचरी सूचना आदान÷प्रदानसमेत अमेरिकाले रोकेको छ। युक्रेनलाई युद्धबिरामका लागि दबाब दिने उद्देश्यसहित राष्ट्रपति ट्रम्पले सहयोगी हात झिकेका छन्। ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सहमतिका लागि अटेर गरे युद्धको क्रममा आ श्रय लिनका लागि अमेरिकामा रहेका करिब २ लाख ४० हजार युक्रेनीलाई युक्रेन पठाउने तयारीमा ट्रम्प रहेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकाले हात झिकेको केही घण्टाको अन्तरालमा रुसबाट युक्रेनमा विभिन्न भागमा आक्रमण भएका समाचारहरू पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आइरहेको छ। पछिल्लो पटक अमेरिकाको भ्रमणमा आएका युक्रेनी राष्ट्रपतिसँगको वार्ता परिणाममुखी नभएपछि राष्ट्रपति ट्रम्प झन् आक्रोशित देखिएका छन्। युद्धबिरामका लागि तयार हुन र सहमतिमा आउन राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई भन्दै आएका छन्। मंगलबार अमेरिकी कंग्रेसमा सम्बोधन गर्ने क्रममा जेलेन्स्की सहमतिका लागि तयार भएको र छिट्टै अमेरिका आउने इच्छासहित पत्र पठाएको राष्ट्रपति ट्रम्पले बताएका थिए।

उता, राष्ट्रपति ट्रम्पले भन्सार दर बढाएसँगै क्यानडा, मेक्सिको र चीनसँग व्यापारिक असमझदारी बढेको छ। क्यानडामा अमेरिकी उत्पादनमा प्रयोगमा कमी आइरहेको र विभिन्न सपिङ मलहरूमा अमेरिकी उत्पादनहरू हटाउन थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। मेक्सिकोले समेत भन्सार दर बढाउने जनाएको छ, खासगरी मेक्सिकोबाट खाद्यान्नहरू अमेरिका भित्रने गर्दछ। चीनले अमेरिकाले जसरी नीति बनाउँछन् त्यही अनुरूपको व्यवहार गरिने जनाएको छ। कंग्रेसमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकी स्वामित्वमा ल्याउने भनी दिएको भनाइलाई लिएर पनि अन्तर्राष्ट्रिय रूपमा चर्चा परिचर्चा भइरहेको छ।

घानामा अस्ताए डागी

अमेरिकाले अवैध रूपमा बसिरहेकाहरूलाई पक्राउ गरी देश निकाला गर्ने क्रम तीव्र पारिरहेको छ। अदालतले अन्तिम फैसला सुनाउँदै अमेरिका छाड्न निर्देशन दिएकाहरू देश निकाला गरिने सूचीको पहिलो नम्बरमा छन्। तिनीहरूको खोजी, पक्राउ र निकालाको काम डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीअन्तर्गतका निकायहरूले धमाधम गरिरहेका छन्। मेक्सिको अमेरिकी सीमामा समेत कडाइ गरिएको छ। सीमामा सैनिकहरूको उपस्थितिसमेत बाक्लो बनाइएको छ। जसले गर्दा अवैधानिक रूपमा मेक्सिकोबाट अमेरिका छिर्ने दरमा समेत कमी आएको छ।

अवैधानिक रूपमा बसिरहेका नेपालीहरूसमेत पक्राउ परी नेपाल फर्काइएका छन्। पछिल्लो पटक ८ जनालाई नेपालमै लगेरसमेत छाडिएको थियो। अमेरिकामा अवैधानिक रूपमा बसेकाहरूको खोजी, पक्राउ र देश निकाला तीव्र पारिए पनि नेपालीहरूले पैदलमार्ग मार्फत मेक्सिको बोर्डर बाट आउने प्रयास भने जारी नै राखेका छन्। स्रोतका अनुसार मेक्सिकोले समेत अहिले कडाई गरिरहँदा मेक्सिको आउनुअघि पर्ने दक्षिण अमेरिकी मुलुक र सेन्ट्रल अमेरिकी मुलुकहरूमा अमेरिकाका लागि हिडेका नेपालीहरू दलालमार्फत आ श्रय लिइरहेका छन्। डंकी रुटमार्फत कतिपय नेपालीहरू दक्षिण अमेरिकी मुलुकको भिसा लगाउनका लागि दुबईमा कुरेर बसेका छन्। दुबईवाट दक्षिण अमेरिकी मुलुक ब्राजिल वा चिलीको भिसा लगाई त्यहाँबाट मेक्सिकोको भिसा लगाउने पहिलो प्रयास हुने र मेक्सिकोको लाग्न नसके मेक्सिकोसग सीमा जोडिएका सेन्ट्रल अमेरिकी मुलुहकहरूको भिसा लगाई त्यहाँसम्म हवाई मार्ग प्रयोग गरी त्यसपछि बस, डुंगादेखि पैदलै पैदल अमेरिका मेक्सिको बोर्डरसम्मको यात्रा अघि बढाउने गरिएको स्रोतले जनाएको छ।

यसैबीच, डंकीरुटमार्फत अमेरिका आउने चाहना पालेर हिडेका एक नेपालीको घानामा मृत्यु भएको छ। दाङका ३८ वर्षीय पूर्णबहादुर डागीको घानामा मृत्यु भएको र उनको शव घानाको आक्रामा रहेको एक अस्पतालमा रहेको एनआरएनए घानाका अध्यक्ष विकास सुवेदीले बताए। डागी रोजगारीका लागि मलेसियामा रहेका उनी त्यहाबाट फर्किएपछि करिब ३ वर्षअघि डाँगी अमेरिका जान भन्दै घरबाट हिँडेका थिए। उनका शवलाई नेपाल पठाउनका लागि पहल भइरहेको घानासमेत हेर्ने इजिप्टस्थित दूतावासले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अमेरिका र इसराइलका साथ युद्धविराम नचाहेको बताएको छ । विदेशमन्त्री अब्बास अरागचीले जापानी मिडिया संस्था ‘क्योडो न्युज’ सँगको कुराकानीमा इरानले युद्धविराम नभएर युद्धको स्थायी अन्त्य चाहेको बताएका छन् । अरागचीले भनेका छन्, ‘इरान युद्धविराम चाहँदैन । बरू युद्धको पूर्ण, व्यापक र स्थायी अन्थ्य चाहन्छ ।’ युद्धलाई पूर्ण रुपमा समाप्त गर्न सक्ने कुनै पनि पहलको स्वागत गर्ने ...
। संयुक्त राज्य अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको छ । अमेरिकी ऊर्जा मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार, योजनाबद्ध १७ करोड २० लाख ब्यारेल कच्चा तेलमध्ये पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको हो । विज्ञप्ति अनुसार, अमेरिकाले आफ्नो रणनीतिक भण्डारबाट ४ करोड ...
। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई ‘नौरोज’ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शनिबार उनले एक सन्देश पठाउँदै मस्को र दुशान्बे बीचको रणनीतिक साझेदारी मध्य एसियाको सुरक्षा र स्थिरताका लागि मेरुदण्ड भएको बताएका छन् । ताजिकिस्तानी राष्ट्रपतिको प्रेस सेवाद्वारा आज शनिबार सार्वजनिक गरिएको सन्देशमा पुटिनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धले दुवै राष्ट्रको मौलिक हितलाई ...
: इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को सहर रस अल-खैमाहमा ‘निर्णायक शक्ति’ का साथ हमला गर्ने चेतावनी दिएको छ। फारसको खाडीका दुईवटा टापुहरूको विषयमा यूएईसँग लामो समयदेखि चलिरहेको विवादलाई लिएर इरानले यस्तो धम्की दिएको हो। सरकारी सञ्चारमाध्यमका अनुसार इरानी सशस्त्र बलका प्रवक्ताले टेलिग्राममार्फत एक सन्देश जारी गर्दै चेतावनी दिएका छन्- 'अबू मुसा र ग्रेटर टुनब टापुहरूमा ...
। भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’ गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली प्रहरीले शुक्रबार ‘हाई कोर्ट’ (उच्च अदालत) को आदेशभन्दै कार्यालय ‘सिल’ गरेको हो । यूएनआईका एक वरिष्ठ कर्मचारीले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बेलुकी केन्द्र सरकारको सम्पत्ति विभागका केही कर्मचारी आए । उनीहरूले तपाईंहरूको लिज समाप्त ...