मुख्य समाचार
वैदेशिक रोजगारीको क्रममा इराक पुगेका चार नेपालीको मृत्यु
वैदेशिक रोजगारीको क्रममा इराक पुगेका चार नेपालीको मृत्यु

: वैदेशिक रोजगारीको क्रममा इराक पुगेका चार नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा बारपाक सुलिकोट-२ का निकेश गुरुङ, तेह्रथुमका टङ्कबहादुर फुम्बो, सिन्धुपाल्चोकका सञ्चमाई तामाङ र धादिङका भुवन गुरुङ रहेका छन्।


उनीहरुको सडक दुर्घटना, हृदयघात र आत्महत्याका कारण इराकको बगदाद, कुर्दिस्तान र सुलेमानियामा मृत्यु भएको हो।

एनआरएन इराकका अध्यक्ष विनोद श्रेष्ठका अनुसार मृतक नेपालीको शव तत्काल नेपाल पठाउनको लागि सम्बन्धित निकायमा खबर गरिएको छ। पछिल्लो समयमा अवैधानिक रूपमा इराक पुगेका नेपालीहरूको मृत्यु हुने सङ्ख्या बढ्दो रहेको उनले बताए। साथै दुतावास नभएकोले गर्दा नेपाल शव पठाउन कठिन रहेको उनको भनाइ छ।



सरकारले इराक जानको लागि प्रतिबन्ध लगाए पनि गैरकानुनी बाटोबाट इराक जाने कामदारको संख्या धेरै छ। यस्तो अवस्थामा नेपालीहरू समस्यामा पर्दा एनआर एन सहयोग लागि सदैव तयार उनको भनाइ छ।

२०६१ साल भदौ ११ गते सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले १२ नेपालीको विभत्स हत्या गरेको थियो। त्यसपश्चात् नेपाल सरकारले इराक जानको लागि प्रतिबन्ध लगाएको थियो । पछिल्लो धेरै कमाई हुने प्रभोलनमा विशेष गरि घरेलु कामदारको रूपमा गैर कानुनी तरिकाले भारत हुँदै दुबईबाट इराकको कुर्दिस्तान , सुलेमानीया , बगदाद सहरमा घरेलु कामदारको लागि नेपाली महिलाहरू पुग्ने गरेका छन्।

एजेन्टहरुले करिब ३ हजार देखि ७ हजार अमेरिकन डलरमा बेचबिखन गरि महिलाकामदारलाई घरेलु काममा लगाउँदै आएको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...
: दक्षिण कोरियाको जेजुमा सहकर्मीलाई उद्धार गर्ने क्रममा फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीभित्र प्रवेश गरेका नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भएका र हाल कोरियाको जेजुस्थित एक फार्ममा कार्यरत ३२ वर्षीय विकास शेर्पा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । हिजो शनिबार बिहान करिब ७ः५६ बजे जेजु सहरको हान्ग्यङ–म्योन, जोसुरी क्षेत्रमा ...