मुख्य समाचार
वैदेशिक रोजगारीको क्रममा इराक पुगेका चार नेपालीको मृत्यु
वैदेशिक रोजगारीको क्रममा इराक पुगेका चार नेपालीको मृत्यु

: वैदेशिक रोजगारीको क्रममा इराक पुगेका चार नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा बारपाक सुलिकोट-२ का निकेश गुरुङ, तेह्रथुमका टङ्कबहादुर फुम्बो, सिन्धुपाल्चोकका सञ्चमाई तामाङ र धादिङका भुवन गुरुङ रहेका छन्।


उनीहरुको सडक दुर्घटना, हृदयघात र आत्महत्याका कारण इराकको बगदाद, कुर्दिस्तान र सुलेमानियामा मृत्यु भएको हो।

एनआरएन इराकका अध्यक्ष विनोद श्रेष्ठका अनुसार मृतक नेपालीको शव तत्काल नेपाल पठाउनको लागि सम्बन्धित निकायमा खबर गरिएको छ। पछिल्लो समयमा अवैधानिक रूपमा इराक पुगेका नेपालीहरूको मृत्यु हुने सङ्ख्या बढ्दो रहेको उनले बताए। साथै दुतावास नभएकोले गर्दा नेपाल शव पठाउन कठिन रहेको उनको भनाइ छ।



सरकारले इराक जानको लागि प्रतिबन्ध लगाए पनि गैरकानुनी बाटोबाट इराक जाने कामदारको संख्या धेरै छ। यस्तो अवस्थामा नेपालीहरू समस्यामा पर्दा एनआर एन सहयोग लागि सदैव तयार उनको भनाइ छ।

२०६१ साल भदौ ११ गते सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले १२ नेपालीको विभत्स हत्या गरेको थियो। त्यसपश्चात् नेपाल सरकारले इराक जानको लागि प्रतिबन्ध लगाएको थियो । पछिल्लो धेरै कमाई हुने प्रभोलनमा विशेष गरि घरेलु कामदारको रूपमा गैर कानुनी तरिकाले भारत हुँदै दुबईबाट इराकको कुर्दिस्तान , सुलेमानीया , बगदाद सहरमा घरेलु कामदारको लागि नेपाली महिलाहरू पुग्ने गरेका छन्।

एजेन्टहरुले करिब ३ हजार देखि ७ हजार अमेरिकन डलरमा बेचबिखन गरि महिलाकामदारलाई घरेलु काममा लगाउँदै आएको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बस्दै आएका पाँच जना नेपालीलाई निष्कासन गरिएको स्रोतले जानकारी दिएको छ। निष्कासनमा पर्नेमा दाङका ओली र खड्का, प्युठानका बुढाथोकी, रुकुमका शाही र रुकुम पूर्वका खड्का थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई भारतको दिल्ली हुँदै नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरू बुधबार करिब ५ बजे काठमाडौं अवतरण ...
। लमजुङका राम लामा (परिवर्तित नाम) वैदेशिक रोजगारी खोज्दै सन् २०१९ मा पनामा पुगे । पानीजहाज कम्पनीमा रोजगारी पाइने भन्दै उनीसहित ९ नेपाली त्यहाँ पुगेका थिए । जहाजमा काम गर्ने सर्तसहित ६ महिनाको सम्झौता (एग्रिमेन्ट) गरी लाखौं रुपैयाँ ऋण निकालेर गएका उनीहरू पनामाको बाटो समातेका थिए । लामासँगै स्याङ्जा, काभ्रे र काठमाडौंका युवा पनि थिए । तर, ...
। अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् । डिपोर्ट भएर आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरू छन् । एक जना भने विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए । ती विद्यार्थी कलेजमा रिन्यू (नवीकरण) नगरी भिसा विपरित काम गरेको पाइएपछि फर्काइएको पाइएको पंगेनीले बताए । अर्का एक जना भने ...
: अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई निष्कासन गरेको छ। अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले निष्कासन गरेको हो। निष्कासनमा परेका नेपालीहरू बुधबार दिउँसो ४:४० मा अमेरिकाको चार्टर्ड विमानबाट काठमाडौं आइपुगको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टको विमानबाट उनीहरूलाई काठमाडौं ल्याएको हो। ३५ जनामध्ये १ जना महिला र ३४ जना पुरुष ...
— भारतस्थित प्रवासी नेपालीहरूले मतदानको अधिकारको माग गरेका छन् । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय बहसमा रहेका बेला भारतमा रहेका नेपालीहरुले पनि आवाज पठाएका छन् । प्रवासी नेपालीहरुको संगठन नेपाली समाज भारतले मंगलबार दिल्लीस्थित नेपाली दूतावासमा उक्त माग राख्दै ज्ञापन बुझाएको छ । नेपालको संविधानले सबै नेपाली नागरिकलाई मतदानका अधिकार दिएको भन्दै नेपाली समाजले ...