मुख्य समाचार
युगान्डामा हुने महिला टी–२० आई क्रिकेट शृंखलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान
युगान्डामा हुने महिला टी–२० आई क्रिकेट शृंखलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान

— युगान्डामा हुने महिला टी–२० आई क्रिकेट शृंखलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । मूलपानीस्थित नेपाल क्रिकेट संघ (क्यान) को मुख्यालयमा सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामालगायतले टोलीको बिदाइ गरे ।


मार्च ८ देखि १६ सम्म हुने शृंखलामा नेपालसहित युगान्डा, हङकङ र नामिबियाको सहभागिता रहनेछ । डबल राउन्ड रोबिनमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । नेपालले मार्च ८ मा नामिबियासँग पहिलो खेल खेल्नेछ ।


मार्च ९ मा युगान्डासँग खेल्ने नेपालले हङकङसँग मार्च १० मा खेल्ने तालिका छ । अर्को चरणमा नेपालले नामिबियासँग मार्च १२ मा, युगान्डा १३ मा र हङकङसँग १४ मा खेल्नेछ ।

इन्दु बर्माको कप्तानीमा नेपाली टोली रहेको छ । १४ सदस्यीय टोलीमा सना प्रविन र रिया शर्माले सिनियर टोलीमा पहिलो पटक स्थान पाएका छन् । अन्य खेलाडीमा रुबिना क्षेत्री, विन्दु रावल, पूजा महतो, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचनाकुमारी चौधरी, कविता जोशी, ईश्वरी विष्ट, एलिसाकुमारी यादव (विकेटकिपर) छन् ।


नेपालले गत महिना घरेलु मैदानमा थाइल्यान्ड र नेदरल्यान्ड्सविरुद्धको शृंखला खेलेको थियो । सन् २०२६ मा महिला टी–२० विश्वकप क्रिकेट हुनेछ । त्यसका लागि यही वर्ष छनोट प्रतियोगिता हुनेछ । एसिया क्षेत्रको छनोट मे महिनामा हुनेछ । त्यसकै तयारीस्वरुप यो शृंखला खेल्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...