मुख्य समाचार
सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित नरहने ट्रम्पको चेतावनी
सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित नरहने ट्रम्पको चेतावनी

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको कब्जामा रहेका इजरायली बन्धकको रिहाइलाई लिएर हमासलाई अन्तिम चेतावनी दिएका छन् ।



सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट लेख्दै ट्रम्पले भनेका छन्, ‘इजरायलका लागि म ती सबै कुरा पठाउँदैछु, जो उसलाई काम पूरा गर्नका लागि आवश्यक छन् । यदि मेरो कुरा मानेनन् भने हमासका एक जना सदस्य पनि सुरक्षित हुने छैनन् ।’

यस्तै उनले सबै बन्धकलाई एकैसाथ रिहा गर्न पनि भनेका छन् । ट्रम्पले अघि लेखेका छन्, ‘यदि बन्धकलाई रिहा गरिएन भने हमासले यसको भारी मूल्य चुकाउनुपर्नेछ।’ यद्दपि उनले इजरायललाई कस्तो प्रकारको सहयोग पठाउँदैछन् भन्ने स्पष्ट छैन ।


उनले बन्धकलाई एकैसाथ रिहा मात्र नभइ मृतकहरुको शव पनि तुरुन्त फर्काउन चेतावनी दिएका छन् । ‘सबै बन्धकलाई तत्काल रिहा गर । पछि हुँदैन र जसलाई मार्नुभएको छ उनीहरुको शव पनि तत्कालै फर्काउनुहोस् । नत्र सबै नष्ट हुनेछ,’ चेतावनी दिँदै ट्रम्पले लेखेका छन् ।


उनले यो अन्तिम चेतावनीसमेत रहेको र हमास नेतृत्वले अब गाजा छोड्ने समय आइसकेको बताएको बीबीसीले उल्लेख गरेको छ ।

उनले भनेका छन्, ‘गाजाका नागरिककका लागि एक सुन्दर भविष्य कुरिरहेको छ । तर अब तपाईंहरु बन्धकलाई राख्न सक्नुहुन्न । यदि मान्नुभएन भने तपाईंहरुको अन्त्य हुनेछ ।’



ट्रम्पको यो धम्की ह्वाइट हाउसमा इजरायली बन्धकको एक समूहसँगको भेटपछि आएको हो । उनीहरुलाई हालै युद्धविरामका बेला रिहा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...