मुख्य समाचार
नयाँ प्रशिक्षकसँग सिक्न उत्साहित छौँ
नयाँ प्रशिक्षकसँग सिक्न उत्साहित छौँ

— नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले नयाँ प्रशिक्षक म्याट रससँग प्रशिक्षण गर्न आफ्नो टोली र आफू उत्साहित रहेको बताएका छन् । नेपाली टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले बुधबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एसियन कप छनोटको तयारी सुरु गरेका छन् ।


नेपालका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूले वर्षभर खेलाडीहरू व्यस्त हुने समय आएको र साथै नयाँ प्रशिक्षकसँग प्रशिक्षण गर्न पाउँदा पनि खेलाडीहरू उत्साहित रहेको बताएका हुन् । प्रशिक्षक म्याटसँग कुराकानीका क्रममा पनि उनी नेपालमा फुटबलप्रति लगाव देखेर धेरै उत्साहित रहेको उल्लेख गरे । कप्तान किरणले प्रशिक्षकको पनि साफ च्याम्पियनसिप जित्ने र एसियन कप छनोटमा राम्रो नतिजा ल्याउने लक्ष्य रहेको उल्लेख गरे ।


Captain Kiran says: We are excited to learn with the new coachटोलीमा केही नयाँ खेलाडीहरू पनि आएको र छोटो तयारी भए पनि सुखद् नतिजाको आशामा रहेको उनको भनाइ छ । प्रशिक्षक म्याटले केही उपाधिहरू भित्र्याउन राखेको लक्ष्यलाई सकारात्मक बनाउन आफूहरू मिहिनत गर्ने र त्यसका लागि बलिया टोलीसँग म्याच एक्सपोजर गराउन पनि आवश्यक रहेको कप्तान किरण बताउँछन् ।

Captain Kiran says: We are excited to learn with the new coachनेपाली टोलीका डिफेन्डर अनन्त तामाङले हरेक प्रशिक्षकसँग फरक फिलोसफी र ट्याक्टिस हुने भएकाले नयाँ प्रशिक्षकसँग खेल्न उत्साहित रहेको बताएका छन् । उनले नयाँ प्रशिक्षकसँग भिज्न केही समय लाग्ने पनि उल्लेख गर्दै सकेसम्म लामो समय अवधिका लागि प्रशिक्षक रहँदा टोलीका लागि सहज हुने प्रतिक्रिया दिए । उनले होम ग्राउन्डमा खेल्न पाउँदा धेरै खुसी लाग्ने भए पनि परिस्थितिवस् देश बाहिर खेल्नु परेको बताए । यद्यपि, आगामी खेल भने घरेलु मैदानमा नै खेल्न पाउने आशामा उनी छन् ।

एसिया कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ । यस समूहमा बलियो भियतनामसँगै लाओस र मलेसिया छन् । भियतनाम सन् २०१९ मा एसियन कपको क्वार्टरफाइनलसम्म पुगेको थियो । एउटा टोली छनोट हुने यस समूहमा नेपालका प्रशिक्षक म्याटले सुखद् नतिजा दिने लक्ष्य राखेका छन् । प्रशिक्षक म्याटले देशका उत्कृष्ट खेलाडीसँग मैदानमा काम गर्न उत्साहित रहेको र उनीहरूसँग काम गर्न पाउँदा खुसी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...