मुख्य समाचार
नयाँ प्रशिक्षकसँग सिक्न उत्साहित छौँ
नयाँ प्रशिक्षकसँग सिक्न उत्साहित छौँ

— नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले नयाँ प्रशिक्षक म्याट रससँग प्रशिक्षण गर्न आफ्नो टोली र आफू उत्साहित रहेको बताएका छन् । नेपाली टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले बुधबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एसियन कप छनोटको तयारी सुरु गरेका छन् ।


नेपालका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूले वर्षभर खेलाडीहरू व्यस्त हुने समय आएको र साथै नयाँ प्रशिक्षकसँग प्रशिक्षण गर्न पाउँदा पनि खेलाडीहरू उत्साहित रहेको बताएका हुन् । प्रशिक्षक म्याटसँग कुराकानीका क्रममा पनि उनी नेपालमा फुटबलप्रति लगाव देखेर धेरै उत्साहित रहेको उल्लेख गरे । कप्तान किरणले प्रशिक्षकको पनि साफ च्याम्पियनसिप जित्ने र एसियन कप छनोटमा राम्रो नतिजा ल्याउने लक्ष्य रहेको उल्लेख गरे ।


Captain Kiran says: We are excited to learn with the new coachटोलीमा केही नयाँ खेलाडीहरू पनि आएको र छोटो तयारी भए पनि सुखद् नतिजाको आशामा रहेको उनको भनाइ छ । प्रशिक्षक म्याटले केही उपाधिहरू भित्र्याउन राखेको लक्ष्यलाई सकारात्मक बनाउन आफूहरू मिहिनत गर्ने र त्यसका लागि बलिया टोलीसँग म्याच एक्सपोजर गराउन पनि आवश्यक रहेको कप्तान किरण बताउँछन् ।

Captain Kiran says: We are excited to learn with the new coachनेपाली टोलीका डिफेन्डर अनन्त तामाङले हरेक प्रशिक्षकसँग फरक फिलोसफी र ट्याक्टिस हुने भएकाले नयाँ प्रशिक्षकसँग खेल्न उत्साहित रहेको बताएका छन् । उनले नयाँ प्रशिक्षकसँग भिज्न केही समय लाग्ने पनि उल्लेख गर्दै सकेसम्म लामो समय अवधिका लागि प्रशिक्षक रहँदा टोलीका लागि सहज हुने प्रतिक्रिया दिए । उनले होम ग्राउन्डमा खेल्न पाउँदा धेरै खुसी लाग्ने भए पनि परिस्थितिवस् देश बाहिर खेल्नु परेको बताए । यद्यपि, आगामी खेल भने घरेलु मैदानमा नै खेल्न पाउने आशामा उनी छन् ।

एसिया कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ । यस समूहमा बलियो भियतनामसँगै लाओस र मलेसिया छन् । भियतनाम सन् २०१९ मा एसियन कपको क्वार्टरफाइनलसम्म पुगेको थियो । एउटा टोली छनोट हुने यस समूहमा नेपालका प्रशिक्षक म्याटले सुखद् नतिजा दिने लक्ष्य राखेका छन् । प्रशिक्षक म्याटले देशका उत्कृष्ट खेलाडीसँग मैदानमा काम गर्न उत्साहित रहेको र उनीहरूसँग काम गर्न पाउँदा खुसी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच ...
: एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ। नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले हराउँदै समूह चरणमा अपराजित रहेको हो। मलेसियाको क्वालालम्पुरस्थित सेलांगर ट्रफमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको थियो। नेपालले दिएको ३५९ रनको बलियो विजयी लक्ष्य पछ्याएको भुटान ...
: आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि ३० खेल दर्ता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कमिटीले असार १६ गतेसम्म एसियाली खेलकुदका लागि खेलहरू दर्ता गर्न दिइएको समयसिमा भित्र ३० वटा खेल दर्ता भएको जानकारी दिएको हो। युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई खेलहरू दर्ता ...
: युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय खेलकुद सम्मान २०८१ तथा खेलकुद पत्रकारिता पुरस्कार वितरण गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा पत्रकारहरूलाई सम्मान गरिएको हो। राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सक ९ जनालाई जनही १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो। सम्मानित हुनेमा खेलाडीमा मानमती विष्ट (कबड्डी), ...
: युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक गरेको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद नीति सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषदको यही असार ९ गते बसेको बैठकले उक्त नीति स्वीकृत गरिएको थियो। खेलकुदलाई जनजीवनको अभिन्न अंगका रूपमा विकास गरि स्वस्थ, सक्षम र अनुशासित जनशक्ति तयार गरि राष्ट्र निर्माणमा योगदान ...