मुख्य समाचार
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्‌लाई आग्रह
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्‌लाई आग्रह

— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्‌लाई आग्रह गरेका छन् ।


दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको आज काठमाडौंमा सम्पन्न बैठकमा मुख्यमन्त्री कँडेलले पटकपटक मिति सार्ने कामले प्रतियोगितालाई अन्योल बनाउने र जनविश्वास गुम्ने हुँदा अब मिति सार्ने काम नगर्न परिषद्‌लाई आग्रह गरेका हुन् ।


दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २ देखि १० सम्म हुने तय भएको छ । पटकपटक मिति सरेपछि आजको बैठकमा मुख्यमन्त्री कँडेलले जेठभन्दा पर जान नसकिने धारणा राखेका हुन् ।

'अहिलेको प्रस्तावित मिति त्यति अनुकूल होइन तर त्योभन्दा पर जान सक्ने स्थिति छैन,' उनले भने । प्रदेश सरकारले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रंगशाला निर्माण लगायतका कामलाई पहिलेदेखि नै तीव्र गतिमा अगाडि बढाइरहेको बताउँदै मुख्यमन्त्री कँडेलले प्रतियोगिता सफल पार्न प्रदेश सरकारले आफ्नो जिम्मेवारी पूरा गर्ने भनाइ राखे ।


प्रतियोगिताका लागि निर्देशिका बनाउन खेलकुद मन्त्रालयले समन्वय नगरेको उनले बताए । ‘प्रदेश सरकार पनि सामेल हुने निर्देशिका रहेछ, निर्देशिका बनाउँदा हामीलाई पनि सामेल गराएको भए अझ राम्रो हुने थियो, तर जे बनाउनु भएको छ त्यसमा हाम्रो जिम्मेवारी पूरा गछौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...