मुख्य समाचार
अनुगमनका क्रममा दुईवटा अस्पताल दर्ता नभई सञ्चालन भएको पाइएपछि तत्काल सिल लगाएर बन्द
अनुगमनका क्रममा दुईवटा अस्पताल दर्ता नभई सञ्चालन भएको पाइएपछि तत्काल सिल लगाएर बन्द

: दर्ता नभई सञ्चालन गरिएको दुईवटा अस्पताल बन्द गरिएको छ। अनुगमनका क्रममा दुईवटा अस्पताल दर्ता नभई सञ्चालन भएको पाइएपछि तत्काल सिल लगाएर बन्द गरिएको उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटाले जानकारी दिए। उनका अनुसार तादी ४ सातविसेस्थित दुप्चेश्वर नेपाल हस्पिटल प्रालि दर्ता नै नगरी सञ्चालन गरिएको पाइएपछि जरिवाना गरिनुका साथै तत्काल बन्द गरिएको छ।


सो अस्पताल सिल लगाउनुका साथै २० हजार रुपैयाँ जरिवाना गरिएको छ। यस्तै पञ्चकन्या गापा २ सहरेटारमा रहेको माइलक डायनोस्टिक अस्पताल दर्ता नै नगरी सञ्चालन गरिएपछि बन्द गरिएको अधिकृत सापकोटाले जानकारी दिए।

संयुक्त बजार अनुगमन टोलीले मंगलबार नुवाकोटको पूर्वी भेगमा रहेको तादी, दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकाको विभिन्न बजारमा रहेका अस्पताल, किराना पसल, भेटेरिनरी तथा खाद्यान्न सप्लायर्सहरूको स्थलगत अनुगमन गरेको थियो। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइको नेतृत्वमा गएको संयुक्त टोलीले विभिन्न ११ वटा अस्पताल तथा पसलहरूमा अनुगमन गरिएको उद्योग वाणिज्य कार्यालय नुवाकोटले जनाएको छ।



संयुक्त बजार अनुगमन समितिद्वारा तादी गापा ३ खरानीटार, तादी ४ सातबिसे, दुप्चेश्वर ६ र पन्चकन्या गापा २ सहरेटार संयुक्त बजार अनुगमन गरिएको हो। टोलीले तीनवटा अस्पताल, चारवटा किराना तथा खाद्यान्न पसल, चारवटा भेटेरिनरी पसल अनुगमन गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारत सरकारले निपाह भाइरसको संक्रमण हालसम्म दुई जनामा मात्र पुष्टि भएको बताएको छ। सञ्चारमाध्यममा गलत तथ्यांकहरू प्रस्तुत गरिएको बारे स्पष्ट पार्दै भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले हालसम्म दुई जनमा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। डिसेम्बरदेखि हालसम्म पश्चिम बंगालबाट दुई जनामा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको केन्द्रको भनाइ छ। ती दुई घटना ...
: बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयको यही माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई थप ५० शय्याको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान हो। सन् १९९९ मा किङ्गह्वी नेपाल स्वास्थ्य केन्द्रका रूपमा स्थापना भई सरकारको मन्त्रिपरिषदको निर्णयानुसार २००९ सेप्टेम्बर १४ मा ५० ...
— राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानका तत्कालीन उपकुलपति भण्डारी र तत्कालीन कामु रजिस्ट्रार कैलाशप्रसाद देवसहितलाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भण्डारी र देवसहित तत्कालीन निर्देशक ...
। तत्कालीन नेकपा (माओवादी) आधार क्षेत्र रोल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनसँग प्रतिस्पर्धा गर्न कांग्रेसले अर्थविद्लाई अघि सारेको छ । विगतमा अर्थमन्त्री समेत बनेका नेकपाका नेता पुनसँग प्रतिस्पर्धा गर्न कांग्रेसले अर्थशास्त्रीलाई नै अघि सारेको छ । कांग्रेसबाट उम्मेदवार बनेका डा. सुदनकुमार वली मानवीय पुँजी निर्माण, स्थानीय अर्थतन्त्र लगायतमा दख्खलता राख्छन् । बेइजिङबाट पीएचडी ...
: राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर थाापा, नेकपा एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन्। तीन पदका लागि आइतबार भएको निर्वाचनमा पोर्तेल र मेचे निर्वाचित भएका हुन्। थापा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। कांग्रेस, एमाले र जनता समाजवादी पार्टी मिलेर बनेको गठबन्धनको तर्फबाट खुलामा उम्मेदवारी दिएका थापा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम