मुख्य समाचार
देश छाड्न अदालतले दिएको आद‍ेशलाई अटेर गर्ने एक नेपाली अमेरिकाबाट निष्कासित
देश छाड्न अदालतले दिएको आद‍ेशलाई अटेर गर्ने एक नेपाली अमेरिकाबाट निष्कासित

: अमेरिकाले थप एक नेपालीलाई निष्काशन गरेको छ। मानव तस्करको सहयोगमा उनी अवैध ढंगबाट केसी थरका एक युवक अमेरिका पुगेका थिए।


उनी केही समय बसेपश्चात त्यहाँको पीआर लिन अदालती प्रक्रियामा गएका थिए। तर त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले कागजपत्रमा कैफियत फेला पारेपछि उनलाई पीआर दिन अस्वीकार गरेको थियो। पीआर दिन अस्वीकार गरेपछि अदालतले तत्काल अमेरिका छाड्ने आदेश दिएको थियो तर केसी थरका उनले अदालतको आदेश अवज्ञा गर्दै गैह्रकानुनी ढंगले काम गर्दै आएका थिए।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई निकाल्न गरेको प्रयासमा केसी केहि समय अगाडि समेत पक्राउ परे। त्यहाँको अध्यागमनले उनीमाथि थप अनुसन्धान गर्दै अमेरिकाबाट निष्काशन गरेको हो। अमेरिकाको अध्यागमनले एयर इन्डियाको जहाजबाट यसै साता नेपाल फर्काएको स्रोतले बताएको छ।



गत जनवरी २० मा राष्ट्रपतिको सपथ लिएसँगै ट्रम्प गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति आक्रामक बनेका छन्। त्यस्ता आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम अमेरिकाबाट निष्कासन गरिरहेको छ। भारतलगायत केही देशमा अमेरिकी सैन्य जहाजबाट नै आप्रवासीहरूलाई फिर्ता पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेलायतस्थित नेपाली तथा बेलायती व्यवसायीहरूको संस्था ‘ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स’ मा नयाँ नेतृत्व चयन भएको छ । लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार सम्पन्न संस्थाको वार्षिक साधारणसभाले ट्राभल व्यवसायी विराज भट्टको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो । भट्ट यसअघि संस्थाको उपाध्यक्ष थिए । साधारणसभाले उपाध्यक्षद्वयमा इन्द्र गिरी र कमल पौडेललाई चुनेको छ भने सचिवमा राजेन्द्र ...
। अमेरिकाले एकै दिन ८० नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडेको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु रहेका छन् । डिपोर्ट हुनेमध्ये ...
। अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु छन् । डिपोर्ट भएकाहरुलाई मानव ...
— साउदी अरेबियाले विभिन्न क्षेत्रमा आफ्नै नागरिकलाई अनिवार्य राख्नुपर्ने नीति (साउदीकरण)लाई कडाईका साथ कार्यान्वयन गर्न थालेपछि उच्च पदमा पुगेका नेपालीसहित आप्रवासी श्रमिकको रोजगारी संकटमा पर्न थालेको छन् । उनीहरुको भिसा नै नवीकरण गर्न छाडेको छ । साउदीले निजी क्षेत्रका कम्पनीले उच्च तह र विशेषज्ञ तहमा साउदीकै नागरिकलाई राख्ने नीति लिएको छ । एक इन्जिनियरीङ कम्पनीमा कार्यरत ...
: अमेरिकाले थप ८० नेपालीलाई निष्कासन गरेको छ। ओमनी इन्टरनेशनको OAE3943 नम्बरको चार्टर्ड विमानले बंगलादेशको ढाका हुँदै उनीहरूलाई नेपाल छाडेको हो। स्रोतका अनुसार मंगलबार निष्कासनमा परेका नेपालीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको हो। गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। स्रोतका अनुसार केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए भने केही त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम