मुख्य समाचार
क्यानडा र मेक्सिकोबाट अमेरिका आयात हुने सामानहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाइएको छ
क्यानडा र मेक्सिकोबाट अमेरिका आयात हुने सामानहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाइएको छ

: क्यानडा र मेक्सिकोबाट अमेरिका आयात हुने सामानहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाइएको छ। यसबाहेक चीन विरुद्ध नयाँ १० प्रतिशत लेवी (एक प्रकारको कर) पनि सुरु गरिएको छ।


ट्रम्पले अब क्यानडा र मेक्सिकोसँग वार्ताको कुनै सम्भावना नभएको बताएका छन्।

करको बदलामा क्यानडाले पनि अमेरिकाबाट आयात हुने घरायसी सामान, सुन्तलाको जुस, वाइन, स्प्राइड, बियर र कफी लगायत सामानमा २५% भन्सार शुल्क लगाउने घोषणा गरेको छ।



मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले अमेरिकासँग यो कर लगाउनुको कुनै कारण नभएको बताएकी छन्। यसको विरोधमा मेक्सिकोले अमेरिकी सामानहरूमा कर लगाउने बारेमा पनि कुरा गरेकी छन्। कर कति लगाउने भन्ने विषयमा आइतबार घोषणा गरिने जनाइएको छ।

चीनले पनि मार्च १० देखि अमेरिकाबाट आयात हुने धेरै सामानहरूमा १० देखि १५% सम्म कर लगाउने बताएको छ। चीन अमेरिकी उत्पादनहरूको सबैभन्दा ठूलो आयातकर्ता मध्ये एक हो।

ट्रम्पको करको छलफलको बीचमा, मंगलबार अमेरिकी शेयर बजार गिरावटका साथ खुल्यो । धेरै ठूला अमेरिकी कम्पनीहरूको शेयरमा लगभग १ प्रतिशतको गिरावट देखियो।

यस्तो कर युद्धले अमेरिकामा स्मार्टफोन सहित धेरै वस्तुहरूको मूल्य बढाउन सक्ने विश्वास गरिएको छ। भन्सार भनेको अन्य देशबाट आयात गरिने सामानहरूमा लगाइने कर हो।

अर्को देशबाट विदेशी सामान आयात गर्ने कम्पनीहरूले यो कर सरकारलाई तिर्नुपर्छ। यो सामान्यतया सामानको मूल्यमा थपिन्छ।

उदाहरणका लागि यदि अमेरिकाले १०० डलरमा केही सामान आयात गरिरहेको छ र त्यसमा २५% कर लगाइएको छ भने त्यसको मूल्य १२५ डलर हुनेछ। ट्रम्पले आफ्नो पहिलो कार्यकालमा चीन र अन्य धेरै देशहरूलाई व्यापार सम्झौतामा वार्ता गर्न दबाब दिन भन्सार शुल्क प्रयोग गरेका थिए। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...