मुख्य समाचार
सर्बियाको संसदमा विपक्षीद्वारा धुवाँयुक्त ग्रिनेड प्रहार
सर्बियाको संसदमा विपक्षीद्वारा धुवाँयुक्त ग्रिनेड प्रहार

सर्बियाको संसदमा मंगलबार विपक्षी सांसदहरूले धुवाँयुक्त ग्रेनेड प्रहार गरेका छन्। सरकारको नीतिको विरोधमा र आन्दोलनरत विद्यार्थीहरूको समर्थनमा विपक्षीहरूले उक्त प्रदर्शन गरेका हुन्।


सर्बियाली प्रोग्रेसिभ पार्टीको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले अधिवेशनको एजेन्डा अनुमोदन गर्ने बित्तिकै केही विपक्षी नेता आफ्नो सिटबाट उठेर सभामुखको कुर्सीतिर दौडेका थिए।

उनीहरुले सदनमा धुवाँयुक्त ग्रेनेड फ्याँके जसले गर्दा सदन कालो धुवाँले भरिएको थियो। यस आक्रमणमा कम्तीमा ३ जना सांसद घाइते भएका जसमध्ये एक सांसदको अवस्था गम्भीर रहेको बीबीसी समाचारमा उल्लेख छ।



सर्बियाली संसदले मंगलबार देशका विश्वविद्यालयहरूको लागि कोष बढाउने कानून पारित गर्ने तय भएको थियो। यसका साथै प्रधानमन्त्री मिलोस भुसेभिकको राजीनामाको बारेमा पनि छलफल हुने तय भएको थियो। तर सत्तारुढ गठबन्धनले प्रस्तुत गरेको एजेन्डामा रहेका अन्य मुद्दाहरूप्रति विपक्षीहरू आक्रोशित थिए। यसपछि उक्त घटना भएको हो।

१५ जनाको मृत्युपछि विरोध प्रदर्शन सुरु

नोभेम्बर १ मा सर्बियाको दोस्रो ठूलो शहर नोभी सादमा रेलवे स्टेशनको छानाको एक भाग भत्किएको थियो। उक्त घटनामा १५ जनाको मृत्यु भएको थियो।

यो घटनापछि देशमा सरकारविरुद्ध प्रदर्शन सुरु भयो। हजारौं मानिसहरू सडकमा उत्रिएर यस घटनाको जवाफदेहिताको माग गर्न थाले।

निर्माण परियोजनाहरूमा भ्रष्टाचारका कारण बाल्कोनी भत्किएको मानिसहरूले आरोप लगाए। विरोधमा संलग्न विद्यार्थीहरूले हरेक दिन १५ मिनेट जनताको बाटो अवरुद्ध गर्थे।

यस विरोध प्रदर्शनमा विद्यार्थीहरूको ठूलो सहभागिता थियो। उनीहरूले हरेक दिन बिहान ११:५२ मा १५ मिनेटका लागि देशभर सवारी साधनको आवागमन रोक्ने गरेका थिए। सोही समयमा नै रेल्वे स्टेशनमा बाल्कोनी भत्किएको थियो। यसबाहेक देशका विश्वविद्यालयहरूमा पढाइ पनि रोकिएको थियो।

सर्बियामा लगभग ४ महिनादेखि विरोध प्रदर्शन भइरहेको छ।

गत वर्ष नोभेम्बर २४ मा विरोध प्रदर्शन तीव्र भयो। मानिसहरू काममा जान छाडे। जनताको आक्रोश बढ्दै गएको देखेर प्रधानमन्त्री भुसेभिकले देशमा तनाव अझ बढ्न नचाहेको भन्दै स्थिति शान्त पार्न आफ्नो पदबाट राजीनामा दिने बताएका थिए।

भुसेभिक मे २०२४ देखि सर्वियाको प्रधानमन्त्री रहेका छन्। यसअघि उनले उपप्रधानमन्त्री र रक्षामन्त्रीको पद सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...