मुख्य समाचार
अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनल प्रवेश
अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनल प्रवेश

: अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनल प्रवेश गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस जितेको अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै २६४ रन बनाएको थियो।


अष्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य पछ्याएको भारतले ४८.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। भारतका लागि विराट कोहलीले सर्वाधिक ४ रनको पारी खेले। शुभमन गिल ८ रनमा बोल्ड आउट हुँदा कप्तान रोहित शर्माले २९ बलमा ३ चौका र १ छक्कासहित २ रन बनाए।

यस अय्यरले ४५, अक्षर पटेलले २७, हार्दिक पाण्ड्याले २८ रन बनाउँदा केएल राहुल ४२ रन र रविन्द्र जडेजा २ रनमा अविजित रहँदै भारतलाई जित दिलाएका हुन्।



एडम जाम्पा र नथान एलिसले समान २–२ विकेट लिए। वेन ड्वारसुइस र कोपर कोनोले १–१ विकेट लिए। त्यअघि ब्याटिङ गरेको अष्ट्रेलिया ४९.३ ओभरमा २६४ रन बनाउँदै अलआउट भयो।

अष्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रनको पारी खेले। उनले ९६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। मार्नुसले २९ र एलेक्स क्यारीले ६१ रन बनाए। अन्य खेलाडीको भने ब्याटबाट राम्रो रन बन्न सकेन।

भारतका लागि मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए। वरुण चक्रवर्ती र रविन्द्र जडेजाले समान २–२ विकेट लिए। कुलदिप यादव र अक्षर पटेलले १–१ विकेट लिए। आज हुने न्युजिल्यान्ड र दक्षिण अफ्रिका बीच हुने खेलको विजेताले फाइनलमा भारतसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ
। केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो । रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् । नेपाल हालसम्म खेलेका ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...